२०८२ कार्तिक २२ गते शनिवार

बबई – १ का वडाध्यक्ष डाँगीमाथि हापुरे बजारमा लाठी प्रहार

तुलसीपुर, जेठ २८ । बबई गाउँ पालिका वडा नम्बर– १ का वडाअध्यक्ष प्रेमबहादुर डाँगीमाथि बुधबार दिन दाहाडै हापुरे बजारमा लाठी प्रहार भएको छ ।

लाठी प्रहार बाट उनको टाउको र हातमा चोट लागेको छ । टाउकोमा ९ वटा टाँका लगाइएको छ भने हातमा पनि ब्यान्डेज गरिएको छ ।

वडाध्यक्ष डाँगीका अनुसार उनलाई चिनजानकै र भाइ नाता पर्ने युवकले होटेलमा खाजा खान जाँदै गर्दा पछाडि बाट आक्रमण भएको थियो ।

गाउँपालिकाबाट आफ्नो गाउँ तर्फ फर्किदै गर्दा हापुरे बजारमा खाजा खान होटेल तर्फ प्रबेश गर्दै गर्दा आँफु माथि पछाडि बाट एकाएक आक्रमण भएको उनले फरककोणलाई बताए ।

वडाध्यक्ष थापाले आँफुमाथि कुन बस्तुले आक्रमण भएको थियो भन्ने कुरासम्म आँफुले थाहाँ पाउन नसकेको बताएका थिए ।

आक्रमण पछि उनी सहयोगीको साथमा उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल आएका थिए । वडाध्यक्ष डाँगीले आफ्नो टाउको र हातमा चोट रहेको तथा टाउकोमा ९ वटा जति टाँका लगाइएको जानकारी दिएका थिए ।


चिकित्सकले सिटी स्क्यान गर्न पठाएको हुँदा छुट्टै अर्कौ हस्पिटलमा जान थालेको बताएका थिए ।


इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बबई – १ क्युरेनीका प्रकाश बुढाथोकीले वडाध्यक्ष डाँगीमाथि बुधबार दिउँसो ४ बजेतिर हापुरे बजारमा लाठी प्रहार गरेको जानकारी दिए ।


प्रहरी प्रमुख खड्काका अनुसार केही दिन पहिला मात्रै वडाध्यक्ष डाँगीका बिरुद्ध बुढाथोकीले सामाजिक सञ्जाल फेस बुकमा स्ट्याटस लेखेका थिए । झगडाको कारण त्यसैलाई मानिएको छ ।
त्यो स्ट्याटस पछि उनीहरका बीचमा इप्रकामा आपसमा मौखिक सहमति भएको थियो ।


‘दाइ गल्ती भयो अब त्यस्तो गल्ती दोहर्‍याउँदिन भनेको हुँदा मैले पनि ठिकै छ भनेर मौखिक सहमतिमा छोडिदिएको थिए,’ वडाध्यक्ष डाँगीले भने ‘ त्यसपछि उस्ले मेरा बिरुद्ध आमा गाली गर्दै लेखेको स्ट्याटस पनि हटाएको थियो ।’

एकै छिमेकी गाउँका भएपनि वडाध्यक्ष डाँगी नेकपा एमालेबाट निर्वाचित भएका थिए भने लाठी प्रहार गर्ने बुढाथोकी नेपाली काँग्रेसका समर्थक हुन ।

आक्रमणमा संलग्न बुढाथोकीलाई प्रहरीले खोजी गरि रहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *