तुलसीपुर, जेठ २८ ।बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षत्रीमाथि बुधबार दिउँसो कार्यकक्षमै एक युवकले हेलमेट प्रयास गरेका छन् ।
बबई – ७ चरकमटियाका सुरेश हमालले आँफुमाथि एकाएक आएर हेलमेट प्रहार गरेको गाउँपालिका अध्यक्ष खत्रीले बताए ।
आँफु कार्यकक्षमै बसिरहेको समयमा एक युवकले आएर एकाएक आँफुमाथि हेलमेट प्रहार गरेको र कार्यकक्षमा रहेका अन्य सेवा ग्राहीले आँफुलाई जोगाएको गाउँपालिका अध्यक्ष खत्रीले फरककोणलाई बताए ।
योजना माग्न गाउँपालिका आएका पूर्णबहादुर मास्की र कार्यपालिका सदस्य नारायण परियाले आक्रमणकारी युवकलाई धकलेर आँफुलाई जोगिएको अध्यक्ष खत्रीले जानकारी दिए ।
पूर्णबहादुर लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्की दाजु हुन । अध्यक्षलाई जोगाउन खोज्दा मास्कीको कोखामा चोट लाग्नुका साथै उनको चश्मा पनि फुटेको थियो ।
कार्यपालिका सदस्य परियार, मास्की लगाएतले आक्रमण गर्ने युवालाई रोकेर बाहिर पठाएका थिए ।
अध्यक्ष खत्रीले हमालले कार्यापालिकामा तोडफोड समेत गरेको बताए । एउटा दराजपनि फुटेको उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष खत्रीले हमालले झारगजेरी घाटमा बिना अनुमति बालुवा गिट्टीको मनपरी उत्खनन् गरि रहेको र त्यो रोकिने अवस्था आएपछि आँफुमाथि आक्रमण भएको गरेको दाबी गरे । असार पछि नदी तथा खोला जन्य बस्तुको उत्खनन् पूर्ण रुपमा रोकिने गर्छ ।
प्रहरी पुगेर क्षतिको विवरण संकलन गरि मुचुल्का तयार पारेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बताए ।
खड्काका अनुसार हमालले समयमै खोला जन्य बस्तुको ठेक्का नखोलेको कुरा झिकेर कार्यकक्षमै आक्रमणको प्रयास गरेको कुरा खुल्न आएको बताए ।
‘ तपाँइले समयमै किन बालुवा, गिट्टीको लागि ठेक्का खोल्नु भएन अब यतिखेर काम गर्न पाइदैन असार लाग्न लाग्यो भन्दै आक्रमणको प्रयास भएको भन्ने बुझुनमा आएको छ,’ खड्काले भने ।
हमालको बिरुद्ध नेपाली काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष खत्रीले जाहेरी दिएका छन् । उनको खोजी भइ रहेको प्रहरीले बताएको छ ।
बबई गाउँपालिका अध्यक्षमाथि कार्यकक्षमै हेलमेट प्रहार
तुलसीपुर, जेठ २८ । बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षत्रीमाथि बुधबार दिउँसो कार्यकक्षमै एक युवकले हेलमेट प्रयास गरेका छन् ।