२०८२ असार २४ गते बुधवार

तुलसीपुरका गौतममाथि रड प्रहार गर्ने ब्यक्तिको अझैं पहिचान भएन

सिसी टिभी फुटेज अध्यन गर्दै प्रहरी

तुलसीपुर , जेठ २८ । तुलसीपुर उपमहनगरपालिका – ५ (ग) लाइनका ५३ बर्षीय अर्जुन गौतम जेसिज चोकमा उभिरहेको समयमा जेठ १८ गते सवा ११ बजेतिर अपरिचिति ब्यक्तिले उनीमाथि एकाएक रड प्रहार गरे ।

ती ब्यक्ति बुलेट बाइक चढेर आएका थिए ।
रड प्रहार बाट गौतमको अनुहार र नाँकमा गहिरो चोट लागेको छ । उनको उपचार भैरहहवामा भइ रहेको छ ।


रड प्रहार हुँदा गौतमकी श्रीमतिपनि साथमै थिइन । उनीहरु श्रीमान – श्रीमति चोकमा केही अघि पछि उभिएको समयमा एक जना युवक आएर गौतममाथि एकाएक रड प्रहार गरि भागेका थिए ।

त्यसपछि उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि भैरहवा रिफर गरिएको थियो ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रबक्ता सुर्य राना मगरका अनुसार रड प्रहार गर्ने ब्यक्तिको खोजी भइ रहेको छ । तर, हालसम्म सिसी टिभी फूटेजहरु विश्लेशन गर्दा उनको स्पष्ट पहिचान भइ सकेको छैन ।

मोटरसाइकल नम्बर पनि स्पष्ट खुल्न सकेको छैन । गौतममाथि कस्ले र किन रड प्रहार गरेको हो भन्ने कुरा अझैं पत्ता लागि सकेको छैन । तर, प्रहरी ढिलो चाँडो रड प्रहार गर्ने ब्यक्ति पक्राउ पर्नेमा विश्वस्त छ ।

नगरपालिकाको कार्यालय तर्फबाट नम्बर खुलिनसकेको बुलेट बाइकमा चढेर आएका ब्यक्तिले गौतममाथि रड प्रहार गरेपछि बाइक चढेर भागेको प्रहरीले बताएको थियो ।
प्रहरीले सिसी टिभी फूटेजहरु अध्यन गर्ने क्रम भने जारी राखेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *