२०८२ असार ७ गते आइतवार

११ बर्षीया बालिका बलात्कार आरोपमा ६६ बर्षे ब्यक्ति पक्राउ

दाङ, जेठ २७ । बर्दियामा ६६ बर्षीय एक ब्यक्ति बलात्कार आरोपमा पक्राउ परेका छन् ।


बर्दिया नगरपालिका – १० का ६६ बर्षीय जमिल अहमत जागा ११ बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रडम्मर पालका अनुसार जेठ १६ गते दिउँसो ३ बजेतिर स्थानीय वनखेत नालामा बाख्रा चराउन गएको समयमा जागाले ती नाबालिकलाई आर्थिक प्रलोभन देखाएर बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गर्नु परेको हो ।

सोमबार मात्रै प्रहरीमा पीडित बालिकाको आमाले जाहेरी दिएकी थिइन । त्यस लगतै प्रहरीले जागालाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय मोतिपुरमा राखेर जागा माथि अनुसन्धान भइ रहेको छ ।

जागालाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालतले समय प्रदान गरेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *