दाङ, जेठ २६ । जाजरकोटका एक युवकलाई बाँधेर चक्कु प्रहार गर्ने तीन मध्य दुई जना पक्राउ परेका छन् ।
उनीहरु मध्य दुई जनालाई काठमाडौंमा पक्राउ पछि जाजरकोट ल्याइएको प्रहरी निरीक्षक सन्तोष चन्दले बताए ।
जेठ ६ गते बिहान ८ बजेतिर जाजरकोट कुशे गाउँपापालिका वडा नं. ५ साँधी विसाउनास्थित एक होटेलको आगनमा कुशे –८ का २१ बर्षीय आनन्द सिंहमाथि चक्कु प्रहार भएको थियो । उनको हात खुट्टा बाँधेर चक्कु प्रहार भएको थियो ।
गाडी समितिमा काम गर्ने उनीहरुका बीचमा सोही बिषयलाई लिएर सिंहको हातखुट्टा बाँधेर चक्कु प्रहार गरि सक्त घाइते तुल्याइएको थियो ।
सिंहको हात खुट्टा बाँधी चक्कुले पालै पालो टाउको, निधार, हात,खुट्टा तथा शरीरका बिभिन्न भागमा प्रहार गरी सख्त घाइते तुल्याएका थिए ।
सिंहको हातखुट्टा बाँधेर कुशे – ७ समकोटका २७ बर्षीय दिपेन्द्र सिंह, सोही ठाउँकै २७ बर्षकै तप्त सिंह भनिने तप्तबहादुर शाही र सोही ठाउँकै २३ बर्षीय भिम सिंहले चक्कु प्रहार गरेको प्रहरी निरीक्षक चन्दले बताए ।
त्यसपछि उनीहरु फरार भएका थिए ।
प्रहरी निरीक्षक सञ्तोष चन्दका अनुसार चक्कु प्रहार गर्नेहरु मध्य दिपेन्द्र सिंह र तप्त सिंह भनिने तप्तबहादुर शाही काठमाडांैैंबाट पक्राउ परेका हुन ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
जेठ २३ गते राति राति ९ बजेतिर काठमाडौ कीर्तिपुर नगरपालिका – १ ट्यांलाफाटबाट उनीहरु पक्राउ परेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेकाहरुलाई जाजरकोट ल्याइएको चन्दले बताए ।
सोमबार जिल्ला अदालत जाजरकोटबाट सात दिनको म्याद थप भइ अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक चन्दले बताए ।
घटनामा संलग्न मध्य एक जना भने फरार छन् । चक्कु प्रहार बाट घाइते आनन्दको बाँकेको नेपालगन्ज लगाएतको ठाउँमा उपचार भएको प्रहरीले बताएको छ ।