२०८२ असार ७ गते आइतवार

१४ वर्ष पछि पक्राउ परे ब्यक्ति हत्याका आरोपी

दाङ, जेठ २६ । पाल्पा प्रहरीले एक जना ब्यक्ति हत्याका आरोपीलाइै १४ बर्षपछि पक्राउ गरेको छ ।

हालको माथागढी गाउँपालिका – १ दमार र साबिक चिदीपानी गाबिस – ७ का ५७ का सन्तबहादुर सार्की १४ बर्ष पछि पक्राउ परेका हुन ।

सार्कीले २०६८/०७/११ गते राति साढे ९ बजेतिर आफ्नै भतिजा १८ बर्षीय नरवीर नेपालीको हत्या गरेको अभियोग छ ।

नेपालीको हत्या पछि उनी फरार रहँदै आएका थिए । भारतमा बिभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए । पाल्पाका प्रहरी प्रबक्ता डिएसपी सुनिल मल्लका अनुसार हत्याको १४ बर्ष पछि अभियुक्त सार्की पक्राउ परेका हुन ।


भारतवाट नेपाल आइ रहेका उनलाई गोप्य सूचनाका आधारमा प्रहरीले आइतबार दिउँसो रुपन्देही सिद्धार्थनगर नगरपालिका – १ बेलहियास्थित बसपार्कबाट पक्राउ गरेको थियो ।

सार्कीलाई सोमबार जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतले ६ दिन थुनामा राखेर अनुसन्धान गर्न समय प्रदान गरेको छ ।
सार्की माथि आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *