२०८३ कार्तिक २२ गते शनिवार

झन्डै साढे ६ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

खरिद गर्ने अन्य २ जनापनि पक्राउ

तुलसीपुर, जेठ २५ । दाङको गढवा बाट झन्डै साढे ६ ग्राम लागु औषध ब्राउन सुगरसहित एक जना युवक पक्राउ परेका छन् । उनले पोलेका अन्य दुई युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जेठ २३ गते राति ९ बजेतिर प्रहरीले सुरुमा जिल्लाको गढवा गाउँपालिका – ६ प्रगतिनगरका २२ बर्षीय लक्ष्मण बिष्टलाई पक्राउ गरेको थियो ।

नेपाल भारत सीमा नाका कोईलाबासदेखि गढवा तर्फ आउदै गरेको लु. ९६ प ८८९३ नम्बरको मोटरसाइकल शंका लागेर रोकेर चेकजाच गर्ने क्रममा बिष्टको साथबाट ६ ग्राम ४६० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद भएको थियो । प्रहरीका अनुसार बिष्ट बिक्र्री गर्ने ब्यक्ति थिए ।

बिष्टले पोलेपछि गढवा – ४ अजगढवाका ३९ बर्षीय भन्साराम यादव र गढवा – ६ थानदेउखुरीका ३७ बर्षीय सदान मनिहारपनि पक्राउ परेका थिए ।

यादव र मनिहार खरिद कर्ता रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
पक्राउ परेकाहरु बिरुद्ध पाँच दिनको म्याद थप भइ लागु औषध शिर्षकमा अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *