२०८३ असार १३ गते शनिवार

‘सरकारका विरोधीले मास्क लगाएर हिड्न थाले’ – प्रधानमन्त्री ओली


काठमान्डौं, असार २० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका विरोधीहरुले मास्क लगाएर हिँड्न थालेको हाँस्याष्पद कुरा गरेका छन् । केही दिनअघि मात्रै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि काठमाडौंमा धुवाधुलो घटेको भन्दै अब मास्क लगाएर हिँड्नु नपर्ने दाबी गरेका थिए ।

बिहीवार मात्रै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्रीलाई आफ्नो स्कुटीमा बसेर आँफु संगै यात्रा गर्न आग्रह गरेकी थिइन ।

‘प्रधानमन्त्रीज्यू म हरेक दिन स्कुटी चलाउने गर्छ, आउनुहोस कत्तिको धुलो छ मेरो स्कुटीमा बसेर बनस्थलीसम्म जाम,’ शाहीले भनेकी थिइन । सांसद शाहीले कालो सिसाभित्रको गाडीबाट धुँवाधुलो नदेखिने हुँदा आँफुसंगै स्कुटीमा बसेर यात्रा गरेर काठमान्डौंको धुँवा धुवा हेर्ने आग्रह गरेकी थिइन ।

त्यसको प्रतिउत्तरमा प्रधानमन्त्रीले शुक्रबार धुम्बाराहीस्थित पार्टी प्रवेश कार्यक्रममा मास्क लगाएर हिँड्नेहरू सरकारविरोधी भएको तर्क गरेका हुन ।

प्रधानमन्त्रीले भने, ‘मेरो अभिव्यक्तिपछि विरोध स्वरूप मास्क लगाएर हिँड्न थालेका छन्।’ प्रधानमन्त्रीको अभिव्यक्तिको समाजिक सञ्जालहरुमा भने सर्वसाधारणले मजाग उडाएका छन् ।

प्रकाशित मिति : २०७६ असार २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *