तुलसीपुर, जेठ २५ । दाङको तुलसीपुरमा भएको बस दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि यात्रुबहाक बसमा सवार मध्य दंगीशरण गाउँपालिका – २ का ६५ बर्षीय नारायण भण्डारी र ३७ बर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको हो । ३० बढी दुर्घटनाका घाइते मध्य अधिकाँसको अवस्था मध्यम छ । ६ जना जतिको अवस्था भने सामान्ने रहेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले दिउँसो १ बजेतिर उपलब्ध गराएको मृतक र घाइतेको नाम र अवस्था यस्तो छ ।
१ – दाङ दंगिशरण गा।पा २ बस्ने बर्ष २५ की मनिसा बस्नेत टाउको र छातिमा चोट अवस्था मध्यम ।
२– सोही ठाउँ बस्ने बर्ष ५२ की गोमा सार्की टाउको र छातिमा चोट अवस्था मध्यम ।
३ – सोही ठाउँ बस्ने बर्ष ६० की मोतिसरा सुनार टाउको ढाडमा चोट अवस्था मध्यम ।
४ – सोही ठाउँ बस्ने बर्ष ३४ की सिता पुन छाति र दुबै हात खुट्टामा चोट अवस्था मध्यम ।
५ – सोही ठाउँ बस्ने बर्ष ३२ की सिमा पुन ढाडमा चोट अवस्था सामान्य ।
६ – सोही ठाउँ बस्ने बर्ष २७ की कमला नेपाली टाउको र दुबै हातमा चोट अवस्था मध्यम ।
७ – कमलाको छोरा बर्ष ८ का शंकर नेपाली दुवैहातमा चोट – अवस्था सामान्य ।
८ –सोही ठाउँ बस्ने कमलाको भदै बर्ष ९ को शुसान्त नेपाली टाउको चोट अवस्था सामान्य ।
९– सोही ठाउँका बर्ष ६५ का नारायाण भण्डारीको – मृत्यु
१० – सोही ठाउँकी ३७ बर्षीया शान्ता खड्का चौधरीको – मृत्यु
११ – सोही ठाउँ बस्ने बर्ष ४१ का नोखीराम विक छाति र टाउकोमा चोट अवस्था मध्यम ।
१२ – सोही ठाउँ बस्ने बर्ष ४८ का कुसल बिक टाउकोमा चोट सामान्य ।
१३ – सोही ठाउँ बस्ने बर्ष २५ की ललिता सुनार टाउको र छातिमा चोट मध्यम ।
१४ – सोही ठाउँ बस्ने बर्ष ४५ की कमला नेपाली अनुहारमा चोट सामान्य ।
१५ – सोही ठाउँ बस्ने बर्ष २३ का अमृत कुसारी छाति र टाउकोमा चोट मध्यम ।
१६ – सोही ठाउँ बस्ने बर्ष ४५ की पार्वती नेपाली छाति र टाउकोमा चोट मध्यम ।
१७ – पार्वतीको छोरा १२ बर्षका राजेश नेपाली भित्री चोट अवस्था मध्यम ।
१८ – सोही ठाउँका १० बर्षे प्रबल परियार शरिरमा भित्री चोट अवस्था सामान्ने ।
१९ – सोही ठाउँकी ४४ बर्षीया भिमा घर्ती – टाउकोमा चोट – सामान्ने ।
२० – सोही ठाउँकी ४३ बर्षीया लक्ष्मी नेपाल – शरिरमा भित्री चोट – सामान्ने ।
२१ – सोही ठाउँकी १५ बर्षकी यशोदा बस्नेत – दुबै हात र छातिमा चोट – अवस्था मध्यम ।
२२ – सोही ठाउँका ५४ बर्षीय चुडामणि बिक – टाउकोमा चोट – मध्यम ।
२३ – सोही ठाउँकी ४१ बर्षे बालिका वली – टाउकोमा चोट – मध्यम ।
दुर्घटनामा ३० बढी घाइते भएका छन् । प्रहरीले अरुको बिवरण पनि तयार पारि रहेको जानकारी दिएको छ ।
दुर्घटनाका घाइतेहरु मध्य दंगीशरण – २ की ६० बर्षीया मोतिसरा सुनार , बर्षी ३९ की सिता नेपाली, बर्ष ९ को शुसान्त नेपाली , बर्ष ४३ की लक्ष्मी नेपाललाई बाँकेस्थित कोहलपुर मेडिकल कलेज र स्थानीय २७ बर्षीया कमला नेपालीलाई थप उपचारका लाग नेपालगन्ज रिफर गरिएको छ ।