तुलसीपुर, जेठ २४ । दाङ तुलसीपुर पवन नगरका पुष्प वली नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योंग कम्युनिस्ट लिग (वाइसिएल) को अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
जेठ १८ गतेदेखि चलेको राष्ट्रिय सम्मेलनको छैटौं दिन वाइसिएलले अध्यक्ष र महासचिव सर्वसम्मत रुपमा चयन गरेको हो ।
अध्यक्षमा पुष्प वली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका हुन ।
बाँकी पदाधिकारी र केन्द्रीय सदस्यपनि सर्वसम्मत गराउन छलफल जारी रहेको छ ।
वाइसिएलमा यसअघि ६१ पदाधिकारी र तीन आयोग (लेखा, निर्वाचन र अनुशासन) सहित ३५१ सदस्यीय केन्द्रीय कमिटी थियो।
यसपालि सर्वसम्मत नेतृत्व चयन गर्दा १० जना पदाधिकारी थप गर्ने सहमति भएको हुँदा संख्या ७१ पुग्ने भएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते शनिवार