२०८२ असार ७ गते आइतवार

‘पहिलो सर्बेक्षणमै सात बाघ फेला पर्नुले दाङको वातावरण राम्रो छ भन्ने पुष्टी हो’

दाङ, जेठ २४ । जेठ ७ गते डिभिजन वन कार्यालय दाङ घोराहीमा पत्रकार सम्मेलन गरि पहिलो पटक जिल्लामा क्यामेरा राखेर बाघको गणना भएको र त्यसबाट सात वटा बयष्क पाटे बाघ फेला परेको जानकारी दिएको थियो ।

दाङ संग सीमाना जोडिएको पूर्वको कपिलबस्तु जिल्लामा थप तीन वटा पाटे बाघ फेला परेको कुरापनि सोही क्रममा जानकारी दिइएको हो ।

दाङ र कपिलबस्तुमा गरि कुल दश वटा पाटे बाघ फेला पर्नुले यस क्षेत्रको वातावरण वन्य जन्तुका लागि अति नै उपयुक्त छ भन्ने प्रमाण मान्नु पर्ने डिभिजन वन कार्यालय दाङ घोराहीका सिनियर डिभिजन वन अधिकृत वसेन्द्रराज सुवेदी बताउँछन् ।
दाङमा पहिलो पटक बाघ गणना भएपनि कपिल बस्तुमा लगातार दुई बर्ष गरि बाघको क्यामेरा राखेर बाघको गाणना गरिएको हो । कपिलबस्तुमा लगातार दुई बर्ष गरिएको गणनामा बाघहरु क्यामेरामा कैद भएपछि अब ती बाघ त्यही बस्छन् भन्ने निश्चय भएको सुवेदीले बताए ।

कपिलबस्तुको बिजयनगरमा दुई वटा बाघ फेला परेका थिए भने बुद्धभूमीमा एउटा बाघ फेला परेको थियो । जिल्लाको शिवराज नगरपालिकामा क्यामेरा जडान गरिएको थियो ।

ती बाघ छिमेकी देश इण्डियाको सोहेलवा सेन्चुरीबाट घुम्दै आएका हुन सक्ने आँकलन गरिएपनि दोस्रो बर्षको गणनामा पनि त्यही फेला परेपछि अब ती बाघ अन्त जाँदैनन् भन्ने निश्चय भएको सुबेदीले बताए ।
त्यस्तै बाँके राष्ट्रिय निकुञ्जको सीमाबर्ती क्षेत्र दाङमा भने त्यतै बाट बाघ आएको अनुमान गरिएको छ ।

तर, जे भएपनि दाङको वन क्षेत्रमा सात वटा बयष्क पाटे बाघ फेला पर्नुले यहाँको वातावरण अति नै राम्रो रहेको मान्ने आधार पुष्टि भएको सुवेदीको दाबी छ । एउटा बयष्क बाघले एक बर्षमा ६० वटा चित्तल वा सो बराबरका जंगली जनावर मारी खाने गर्छ ।


दाङमा फेला परेका सात बयष्क बाघले बर्ष दिनमा ४२० वटा चित्तल वा सो बराबरका जनावर बाँच्नका लागि खानु पर्छ । जस्को मतलव दाङको वन जंगलमा पनि चित्तल, बँदेल जस्ता बाघको आहारा पुग्ने जनावर प्रसस्त छन् भन्ने कुरा पुष्टि हुनु रहेको प्रमुख सुवेदीले बताए ।

नेपालका राष्ट्रिय निकुञ्जमा गरिएको गणना बाट ३५५ बाघ रहेको तथ्याङ्क थियो । दाङमा सात र कपिलबस्तुमा थप तीन वटा बाघ फेला परेपछि त्यो संख्या ३६५ पुगेको सुबेदीले बताए । उनका अनुसार दाङ र कपिलबस्तुमा पछिल्लो समय फेला परेका बाघ गणना नभएका बाघहरु हुन ।

कपिलबस्तुमा लगातार दोस्रो पटकको गणनामा पनि बाघ फेला परेको हुँदा ती बाघ अब त्यही बस्छन् भन्ने बलियो आधार मान्नु पर्ने उनी ठान्छन् ।


दाङमा फेला परेका बाघहरु इण्डिया र बाँके राष्ट्रिय निकुञ्ज हुँदै जैबिक मार्गबाट आएको हुन सक्ने भएपनि राम्रो बासस्थान रहेको हुँदा यतै बस्न थालेको बिज्ञहरु ठान्छन् । दाङमा फेला परेका बाघ यही बस्ने वा स्थिर हुन कि होइनन् भन्ने कुराको एकीन भने भइ सकेको छैन ।

त्यसको लागि एक वा दुई बर्षको अन्तरालमा फेरि गणना गर्नु जरुरी मानिन्छ । तर, दाङमा बाघका लागि आहारा प्रजातिका जनावरहरु प्रसस्त छन् र उनीहरुका लागि वासस्थानपनि प्रसस्त छ भन्ने कुरा पुष्टि भएको सुवेदीले बताए ।
पछिल्लो समय ग्लोबल वार्मिङका कारण बाघले पनि आफ्नो आनीबानीमा केही परिवर्तन गर्दै गएको तथा वासस्थान बिस्तार गर्दै गएको पाइएको छ ।

सुवेदीका अनुसार इण्डियाबाट होस वा बाँके वा बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै आउने बाघहरु दाङ हुँदै सल्यानसम्म पुग्न थालेको पाइएको बताए । झन्डै पाँच बर्ष पहिले पनि डडेल धुरामा पाटे बाघ फेला परेको थियो । यसले पनि बाघ धेरै गर्मीबाट जोगिन चिसो स्थानतिर उक्लदै गरेको पाइएको प्रमाण मान्न सकिने सुवेदी बताउँछन् ।


नेपालमा प्रत्यके एक सय स्क्वायर मिटरमा सात वटा बाघ फेला पर्ने गरेको तथ्याङ्क छ ।

डिभिजन वन कार्यालय घोराहीको संयोजन तथा डिभिजन वन कार्यालय देउखुरीको समन्वय र सहकार्यमा दाङका चार स्थानीय तह अन्तर्गतको मध्यतराई भूपरिधि क्षेत्रमा गरिएको सर्वेक्षणका क्रममा सात वटा वयस्क बाघ फेला परेका थिए ।

फेला परेका बाघमध्ये एउटा भाले, दुई पोथी र चारवटा लिङ्ग पहिचान हुन नसकेका बाघहरु थिए ।

२०८१ मंसिर २४ गतेदेखि माघ ४ गतेसम्म ४० दिनसम्म गरिएको सर्वेक्षणका क्रममा सात वटा बाघ क्यामेरामा कैद भएका थिए ।

डिभिजन वन कार्यालय घोराहीका सिनियर डिभिजन वन अधिकृत सुवेदीका अनुसार जिल्लामा पहिलो पटक गरिएको बाघ गणनाका लागि लमही नगरपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकाका विभिन्न २३ स्थानमा क्यामेरा जडान गरिएको थियो ।

गणनाका लागि दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएका एक सय नौ वटा ग्रिडहरूमा क्यामेरा जडान गरेर चार सय ३६ वर्गकिलोमिटर वन क्षेत्रको निगरानी गरिएको थियो ।

सर्वेक्षण कार्यका लागि डिभिजन वन कार्यालयबाट आठ जना कर्मचारी, आठ जना स्थानीय बासिन्दा र १६ जना नागरिक अनुसन्धानकर्तालाई आठ समूहमा परिचालन गरिएको थियो । 

अहिले क्यामेरा ट्रयाप सर्वेक्षणका क्रममा सङ्कलन गरिएको तथ्याङ्कको विश्लेषण गर्ने काम भइरहेको छ ।
सिनियर डिभिजन वन अधिकृत सुवेदीले विस्तृत अध्ययनको काम भइरहेको बताउँछन् ।


मध्य–तराई भूपरिधि क्षेत्रमा सञ्चालनमा रहेको तीन वर्षे जैविक विविधता सर्वेक्षण पनि पुरा भएको उनले बताए ।


सर्वेक्षणका क्रममा दाङ, अर्घाखाँची र कपिलवस्तु तीन जिल्लामा भएको र त्यसक्रममा दश वटा वयस्क बाघ फेला परेका थिए । दश वटा बाघ मध्ये दुई/दुई वटा भाले र पोथी र छ वटा पहिचान हुन नसकेका बाघहरु फेला परेका थिए ।

दाङमा भेटिएका बाघहरू बाँके राष्ट्रिय निकुञ्ज वा भारतको सुहेलवा वन्यजन्तु वाइल्ड लाइफ स्याङचुरी क्षेत्रबाट कम्दी जैविक मार्ग क्षेत्र हुँदै ओहोरदोहोर गर्ने क्रममा दाङसम्म आइपुगेको र यताको वातावरण राम्रो पाएपछि यतै बस्न थालेको बाघहरु भएको उनले बताए ।


सीमावर्ती क्षेत्रमा वन्यजन्तुको सुरक्षित आवागमनका लागि अन्तर सरकारी तथा अन्तर संस्थागत समन्वयलाई प्रभावकारी बनाउन आवश्यक देखिएको सुवेदीले बताए ।
डिजिन वन कार्यालय दाङ देउखुरीका स

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *