दाङ, जेठ २२ । बैंकिङ कसुर मुद्दामा ६० लाख बढी जरिवाना तोकिएका एक ब्यक्ति पक्राउ परेका छन् ।
बाँके प्रहरीले बिहीबार नेपालगन्ज उपमहानगरपालिका – १८ कारकाँदोका ४८ बर्षीय गोबिन्दप्रशाद पहाडीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले पहाडी बैंकिङ कसुर र चेक अनादर मुद्दामा दोषी ठहर भइ जिल्ला अदालत बाँकेबाट ६० लाख एक हजार एक सय रुपैंयाँ जरिवाना तोकिएका ब्यक्ति रहेको जानकारी दिए ।
अदालतले पहाडी बिरुद्ध पहिलो पटक २०७९ /०५/ २८ गते, दोस्रो पटक २०८१ /०३/ २० गते र तेस्रो पटक २०८१ /१०/ २८ गते ६० लाख बढी जरिवानाको फैसला सुनाएको थियो । त्यसयता पहाडी फरार रहँदै आएका थिए ।
प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते बिहिवार