२०८२ कार्तिक २२ गते शनिवार

सामाजिक सञ्जालमा गाली गलौजपछि दुई किशोर बीच कुटाकुट, एक जनाको मृत्यु

तुलसीपुर , जेठ २२ । दाङको तुलसीपुरमा दुई किशोर बीच भएको आपसी कुटाकुटमा एक किशोरको मृत्यु भएको छ ।

घाइते मध्य १५ बर्षीय बिराज गिरीको उपचारका क्रममा बिहीबार बिहान पौने ३ बजे बाँकेको नेपालगन्जस्थित नर्सिङहोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।
रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाका गिरी अध्यनका लागि दाङको तुलसीपुर उपमहानगरपालिका – ८ दुधेनामा कोठाभाडामा बस्दै आएका थिए ।

जेठ १९ गते साढे ५ बजेतिर विद्यालयबाट घर फर्किदै गरेका स्थानीय १५ बर्षीय ती किशोर र गिरीका बीचमा कुटाकुट भएको थियो । उनीहरुका बीचमा तुलसीपुर – ९ बेलुवास्थित सक्सेस बोर्डिङ स्कुल अगाडि कुटाकुट भएको थियो । प्रहरी हिरासतमा रहेका वलीका अनुसार सुरुमा गिरीले उनीमाथि कुटपिट गरेका थिए ।

त्यसपछि आँफुले गिरीलाई दुई मुक्का प्रहार गरेको बयान प्रहरी समक्ष प्रहरी हिरासतमा रहेका वलीले गरेका छन् ।
त्यो कुटाकुट पछि उनीहरु दुबै जना संगै सक्ेसस बोर्डिङको क्यान्टिनमा गइ पानी खाएका थिए । त्यसपछि एकाएक गिरी लडेका थिए ।


मुक्का प्रहार बाट गिरीको टाउकोमा भित्री चोट लागेपछि अचेत बनेका थिए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि नेपालगन्ज नर्सिङहोममा लगेर भेन्टीलेटरमा राखेर उपचार भइ रहेको थियो । त्यही क्रममा बिहीबार बिहान पौने ३ बजेतिर गिरीको मृत्यु भएको प्रहरीले बताएको छ ।


दुबै जनाले श्री माध्यामिक विद्यालय दोघरेमा संगै पढेका थिए । मृतकले रुकुममै गएर परीक्षा दिएका थिए । फेरि उनी अध्यनका लागि दाङ आएपनि भर्ना भने भइ सकेका थिएनन् ।

गिरी माथि कुटपिट गर्ने किशोर प्रहरी नियन्त्रणमा छन् । जो हाल कक्षा ९ मा अध्यनरत छन् ।
प्रहरीका अनुसार उनीहरुका बीचमा सामाजिक सञ्जाल फेसबुकमा आपसमा गालीगलौज भएको थियो ।

सोही बिषयलाई लिएर भेट हुँदा उनीहरुका बचमा कुटाकुट भएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *