तुलसीपुर, जेठ २१ । तुलसीपुरमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक जना बालक गम्भीर घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका –५ रानी जरुवाका ६ बर्षीय उत्तम पुन गम्भीर घाइते भएका छन् । बेलुकी साढे ४ बजेतिर रानी जरुवाबाट बसपार्क तर्फ आउँदै गरेको रा ६ प ५४०८ नम्बरको मोटरसाइकलले पैदल हिडीरहेका बालक पुनलाई ठक्कर दिएको थियो ।
घाइते बालक गोमा पुनको छोरा हुन । बालकको टाउकोमा गम्भीर चोट पटक लागेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले घाइते बालकको सिटी अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेस्थित नर्सिङहोम नेपालगन्जका लागि रिफर गरिएको बताए ।
माटेरसाइकल चालक रानी जरुवा बस्ने अन्दाजी १८ बर्षीय साजन थापा फरार छन् । उनको खोजी जारी छ ।
मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते बुधवार