२०८३ असार ४ गते बिहिवार

बबई गाउँपालिकाका एक कर्मचारी बलात्कार आरोपमा पक्राउ

तुलसीपुर, जेठ २१ । दाङको बबई गाउँपालिकाका एक जना कर्मचारी बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् ।

बबई गाउँपालिकाका वडा नं. ४ मा करारत सेवामा कार्यरत कम्प्युटर सहायक २७ बर्षीय भुपेन्द्र खत्री पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार स्थानीय एक १६ बर्षीया बालिकाले मंगलबार दिएको जाहेरीका आधारमा उनी पक्राउ परेको हुन ।

जेठ ९ गते राति आँफुमाथि खत्रीले घरमै पसेर बलात्कार गरेको पीडित बालिकाले जाहेरीमा उल्लेखको डिएसपी ठकुरीले बताए ।


सामाजिक सञ्जाल मार्फत चिनजान भएपछि खत्री रातिमा बालिकाको घरमा प्रबेश गरि बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन ।

प्रहरीका अनुसार खत्री र उनकी श्रीमतिको गत बर्ष मात्रै सम्बन्ध बिच्छेद भएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *