२०८३ असार १३ गते शनिवार

घोराहीमा खेत जोत्दै गरेको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु


दाङ, असार २० । दाङमा खेत जोत्दै गरेका ट्याक्टर दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ भने अर्का गम्भीर छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १७ करैजा निवासी अन्दाजी १३÷१४ बर्षीय संजय चौधरीको मृत्यु भएको छ । अर्का ११ बर्षीय बालक सुभास चौधरीको अवस्था गम्भीर छ । घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

खेत जोत्दै गरेको रा १ त २९०१ नम्वरको ट्याक्टर चिफ्लिएर खाल्डोमा खस्दा बालक ट्याक्टरमा च्यापिएका थिए । उद्धार गरिएका मध्य एकजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । ट्याक्टर शुक्रवार बेलुका सवा २० बजेतिर दुर्घटनामा परेको थियो ।

बस र स्कार्पियो ठोक्किदा ४ जना घाइते
दाङमा स्कार्पियो र बस आपसमा ठोक्किदा चार जना घाइते भएका छन् । घाइतेहुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर निवासी स्कार्पियो चालक ४५ बर्षीय दिपक रावत, सोही ठाउँ निवासी ५३ बर्षीय धुर्व गौतम, बसमा सवार चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० निवासी ३० बर्षीय अर्जुन पौडेल र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ३१ बर्षीय घनश्याम सापकोटा रहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रवार दिउसो साढे २ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. ३ चौपट्टा घोराहीवाट विराटनगर जाँदै गरेको ना ५ ख ३३७३ नम्वरको बस र विपरित दिशावाट आउँदै गरेको बा १० च ९३३६ नम्वरको स्कार्पियो एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको थियो । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ असार २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *