२०८२ मङ्सिर १ गते सोमवार

काटेको रुखको मुडाले च्याप्दा महिलाको घटनास्थलमै मृत्यु

दाङ, जेठ २१ । रोल्पामा काटेको रुखको मुडाले लाग्दा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं. ६ दरालसिमस्थित कालिमाटी सामुदयिक वनमा काटेको रुखको मुडाले लाग्न पुग्दा स्थानीय २६ बर्षीया प्रतिक्षा बुढाथोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

लुङ्ग्री – ६ उपल्लो गुम्चालका निलबहादुर बिष्टले उत्तिसको रुख ढालेर मुढा काट्ने क्रममा मुढा पल्टिएर बुढाथोकीलाई लागेको थियो ।

घटना बारे प्रहरीले बेलुकी पाँच बजे मात्रै सूचना पाएको थियो । त्यसपछि प्रहरी चौकी झिलाङनीले बाट प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर भण्डारीको कमाण्डमा प्रहरी घटनास्थल पुगेको थियो ।


प्रहरीले रुख काट्ने निलबहादुर बिष्टलाई नियन्त्रणमा लिएको छ । मृतक बिष्टको श्रीमान भने रोजगारीको सिशशिलामा बिदेशमा रहेको प्रहरीले जनाएको छ ।


घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *