२०८२ कार्तिक २५ गते मङ्गलवार

थवाङकी महिला घोराहीमा गाँजा र चरेशसहित पक्राउ


दाङ, जेठ १९ । रोल्पा थवाङकी एक महिला दाङको घोराहीमा गाँजा र चरेशसहित पक्राउ परेकी छन् ।

रोल्पाको थवाङ गाउँपालिका – १ थवाङ घर भइ हाल दाङको घोराही उपमहानगरपालिका –१४ मिलन चोकमा बस्दै आएकी ६३ बर्षीया मायादेवी बिक घोराहीबाट नौं केजी गाँजा र ५३ ग्राम चरेशसहित आइतबार दिउँसो परेकी हुन ।

बिकले लागुऔषधको अबैध कारोबार गरि रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा गाँजा र चरेश बरामद गरेको थियो ।

कोठामा खानतलासी बाट बिभिन्न तीन बस्तुमा लुकाइ छिपाइ राखेको कुल ९ केजी ८२० ग्राम गाँजा र ५३ ग्राम चरेश बरामद भएको एक प्रहरी अधिकारीले बताए ।

बिकको साथबाट दुई वटा मोवाइल फोन र नौं हजार तिन सय रुपंैयाँपनि बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *