२०८२ कार्तिक २२ गते शनिवार

अम्राइमा गाडीको ठक्करबाट हुँडार मरेको अवस्थामा फेला

तुलसीपुर , जेठ १९ । घोराही उपमहानगरपालिका – १० अमराइमा सवारी साधनको ठक्कर बाट गएराति एउटा हुँडार मरेको अवस्थामा फेला परेको छ ।

तुलसीपुर – घोराही सडकखण्ड अन्तर्गत फन भ्याली नजिकै वन्यजन्तु हुँडार गाडीको ठक्करबाट मरेको अवस्थामा फेला परेको हो ।


डिभिजन वन कार्यालय घोराहीका अनुसार गाडीको ठक्करबाट मृत अवस्थामा फेला परेको भाले हुँडारको लम्बाइ करिब ५ फिट र शरिरको गोलाइ १६ इन्च रहेको छ। उमेर ८ देखि १० वर्षको बीचमा रहेको अनुमान गरिएको छ ।


सडकमा गाडीको ठक्करबाट मरेको अवस्थामा फेला परेको हुँडारको शरिर व्यवस्थापन डिभिजन वन कार्यालय घोराहीले गरेको छ ।

हुँडारलाई ठक्कर दिएर मार्ने गाडीको पहिचान गर्ने क्रम जारी रहेको प्रहरीले बताएको छ ।
गएराति १२ बजेतिर गाडीले हुँडारलाई ठक्कर दिएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *