२०८२ कार्तिक २९ गते शनिवार

पुरन्धाराकी महिला र भारतीय युवक पाँच लाख भारतीय रकमसहित पक्राउ

दाङ, जेठ १६ । बाँकेको भन्सार नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रकमसहित दुई जना पक्राउ पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा दाङको बबई गाउँपालिकाको पुरन्धाराकी २६ बर्षीया साइना नेपाली र भारतको जिल्ला लखनउ उत्तरप्रदेशका ४० बर्षीय निरज चौरसिया रहेको बाँकेका प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले जानकारी दिए ।


उनीहरुलाई जेठ १४ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – १६ जयसपुरबाट प्रहरीले सवारी चेकजाँचका क्रममा पक्राउ गरेको थियो ।


उनीहरु छिमेकी देश भारतको रुपैडिहा हुँदै उनी नेपाल आइ रहेका थिए । उनीहरुको साथबाट भारतीय रुपैयाँ ५०० दरको नोट ६०० र २०० दरको नोट १००० थान बरामद भएको डिएसपी पतालीले बताए ।

भारतको जिल्ला लखनउ उत्तरप्रदेशका ४० बर्षीय निरज चौरसिया पनि पक्राउ परेका छन् । चौरसियाले चलाएको यूपी ३२ एलबी ६३८९ नम्बरको गाडी चेकजाँचका क्रममा स्रोत नखुलेको भारतीय रकम बरामद भएको थियो ।


दुबै जनालाई प्रहरीले थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *