२०८३ असार ५ गते शुक्रवार

दंगीशरणमा किशोरीलाई आत्मरक्षा तालिम

तुलसीपुर, जेठ १६ । दंगीशरणमा कशोरीहरुका लागि तीन दिने आत्मरक्षा तालिम विहिवारदेखि सुरु भएको छ ।

दंगीशरण गाउँपालिकामा कशोरीका लागि आत्मरक्षा तालिम सुरु भएको छ । गाउँपालिकाको महिला बालबालिका शाखाको आयोजनामा बिहीबारदेखि कार्यक्रम सुरु भएको हो ।


आर्थिक बर्ष २०८१ /०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार किशोरी लक्षित तीन दिने आत्मरक्षा तालिम आयोजना गरिएको महिला बालबालिका शाखा प्रमुख शुनकुमारी घर्तीले बताइन ।


तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले किशोर किशोरीमा डरलाग्दो गरि बढ्दै गएको लागुपदार्थ प्रयोग बिरुद्धको सचेतना होस अथवा आफू सुरक्षीत हुन गरिने आत्मरक्षा तालिम बढाउन जरुरी रहेको बताए ।


घरेलु हिंसा न्यूनिकरण गर्नपनि किशोरी लक्षित तालिम भविश्यमा आत्मरक्षाका लागि फलदायी हुने उनले बिश्ववास ब्यक्त गरे ।


कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले पुरुषको तुलनामा महिलाहरु प्राकृतिक रुपमै शारिरीक रुपमा भिन्नता हुने हुँदा किशोरीहरुका लागि आत्मरक्षा तालिम आयोजना गरिएको बताइन ।


तीन दिने आत्मरक्षा तालिम फलदायी हुने उनको बिश्ववास थियो । ।

तालिम उद्घाटन कार्यक्रम उपाध्यक्ष खड्काको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा भएको हो । तालिमको प्रशिक्षकमा असइ बलसिंह केसी छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *