तुलसीपुर, जेठ १५ । तुलसीपुर उपमहानगरपालिका – ६ बरुवा गाउँकी २२ बर्षीया सुजाता चौधरी अघिल्लो शनिबार दिउँसो पैदल हिडिरहेकी थिइन । पब्लिक ज्ञान ज्योति कलेजमा बिए तेस्रो बर्षमा अध्यनरत उनी काम बिषेशले नजिकैको मामा घर जाँदै थिइन ।
एक जना युवक मोटरसाइकलमा आएर सुजाता नजिकै रोकिए । तर मोटरसाइकलको स्टाट भने बन्द गरेका थिएनन् । दिदी मलाई इमरजेन्सी छ, एकै छिन फोन गर्न तपाँइको मोवाइलन दिनुहोस भन्ने आग्रह गरे । उनले आँफु संग मोवाइल नभएको र दाजु एकाएक बिरामी भएको हुँदा अस्पतालमा पुर्याइएको कुरा गर्छन ।
सुजाता विश्वासमा पर्छिन । सहयोगी बन्न खोज्दै मोवाइल दिन्छिन् । जब ती युवकले मोवाइल पाउँछन् उनी मोटरसाइकल हाँकेर अगाडि बढ्छन् । सुजना मोवाइल–मोवाइल… भन्दै केही बेर मोटरसाइकलको पछिपछी दौडिन्छन् । तर, भेट्टाउन सकिदनन् । निरास हुँदै घर फर्किन्छिन् । अपरिचितलाई दया देखाउँदै सहयोग गर्न खोजेमा पश्चाताप गर्दै घर फर्किन्छिन् ।
अर्कौ यस्तै घटना ग्रामिक भेग तुलसीपुर – १६ साइपुरकी २३ बर्षीया नारायणी सापकोटामा माथि पनि घटेको थियो । सापकोटा घरदेखि झन्डै डेढ सय मिटर उत्तरको चोकमा दूध लिन भनेर पैदल हिडिरहेकी थिइन । पैदल हिडिरहेकी नारायणीलाई मोटरसाइकलमा आएका एक युवकले रोक्छन् । अन्जान भावमा यो बाटो कता जान्छ भनेर सोध्छन् ।
एकै छिनमा ती युवकले आफ्नी आमा बिरामी भइ अस्पताल भर्ना गरेको कुरा गर्छन । आँफु संग मोवाइल नभएको हुँदा एकै पटक फोन गर्नका लागि मोवाइल दिन आग्रह गर्छन । तर, नारायणीले ती अन्जान युवकलाई मोवाइल दिन मान्दिनन् । आफ्नो मोवाइलमा ब्यालेन्स नभएको बाहाना बनाइ रहेकी हुन्छिन् ।
त्यतिकैमा पछाडि बाट अर्का एक युवक मोटरसाइकलमा आउँछन् र नारायणीको हातबाट मोवाइल खोसेर भाग्छन् । नारायणीलाई गफमा भूलाउने र पछाडि बाट अर्कौ मोटरसाइकलमा आइ मोवाइल थुत्ने दुबै जना संगै भाग्छन् ।
एकलाश ठाउँ त्यो पनि दिउँसै नारायणी केही बेर दौडिएपनि उपाय चलने । चोर भनेर कराएपनि नजिकमा उनको आवाज सुन्ने कोही थिएन । हेर्दा हेर्दै मोटरसाइक थुतेर भाग्नेहरु बिलाए । नारायणीपनि निराश हुँदै घर फर्किइन ।
घटना नम्बर तीन । सल्यानको बागचौर नगरपालिका – ९ डाँगी गाउँका १८ बर्षीय हरिबहादुर डाँगी माथि वैशाख २५ गते राति साढे ९ बजेतिर त्यस्तै घटना भएको थियो । जतिखेर उनी राप्ती बबई क्याम्पस नजिकै एक्लै पैदल हिडिरहेका थिए । उनी आँफु भाडामा बस्ने तुलसीपुर – ६ गाइडहर तर्फ जाँदै थिए ।
तुलसीपुरमा बसेर अनलाइन मार्फत यूएसएमा सफ्टवयर इञ्जिनियरिङ पढी रहेका हरि त्यो दिन काम बिषेशले बाहिर गएका थिए । काम सकेर फर्किने क्रममा साँझ पर्यो । नेपाल र यूएसएको समय फरक छ नै । कक्षा छुट्ने नदिन उनी एउटा क्याफेमबाटै कक्षामा सामेल भए । त्यो कक्षा सकेर उनी कोठा तर्फ गइ रहेका थिए ।
एक जना युवक मोटरसाइकलमा आएर हरिको अघि रोकिए । आँफु घोराहीबाट साथीलाई लिन आएको कुरा गर । तर आफ्नो मोवाइल स्वीच अफ भएको भन्दै एकै छिन कुरा गर्न हरिलाई मोवाइल दिन आग्रह गरे । मोवाइल माग्ने युवकले मोटरसाइकलको स्टार्ट अफ गरेका थिएनन् । न्यूटलपनि थिएन । क्लज च्यापेर मोवाइल मागेका थिए ।
मोवाइल पाउन साथ डायल नगरी ती युवकले कानमा घुसारे । हरि सशंकित भए र तत्काल ती युवकको सर्टको कलर समातिहाले । तर, इञ्जिनको शक्तिको अगाडि हरिको केही जोर लागेन । गेयरको बाइक ती युबले जोड्ने हुत्याए । हरि भइमा बजारिए । उनको दाहिने हात फ्याकचर भयो ।
सडकमा घिसारिएर कम्मर माथि नराम्रो संग चोट खेप्नु पर्यो । अर्को तर्फ मोवाइल लुटेर लगेपछि हरिले अध्यनका क्रममा तीन महिला लगाएर बिकास गरेको सबै कुरा रिसेट हानेर उडाइ दिएका थिए । त्यो सबै उडाउँदा आफ्नो तीन महिनाको मेहनत खेर गएको र त्यो सफ्टवयर बिकास गर्दा भएको एक लाख ७४ हजार खर्च बबार्द पारि दिएकोमा हरिलाई सबै भन्दा ठूलो दुःख लागेको छ ।
दिनदाहाडै मोवाइल लुटी मागेकी सुजाता चौधरी, नारायणी सापकोटा र हरिबहादुर डाँगीले घटनाबारे तत्कालै इलाका प्रहरी कार्यालय तुलीपुरमा खबर गरेका थिए । लगालग भइ रहेको मोवाइल लुटपाटको घटना पछि इप्रका तुलसीपुरका प्रमुख अनिल ठकुरीले घटनाको सक्ष्म अध्यन र विश्लेशन थाले ।
मातहतलाई बल मात्रै प्रयोग गर्नु भन्दा प्रबिधिको उपयोग सम्बन्धि सीपमा जोडिन सिकाए । डिएसपी ठकुरीकै निर्देशनमा तुलसीपुरका सबै मोवाइल पसल सञ्चालकहरुलाई एउटा ग्रुप निर्माण गरि जोड्ने काम भयो । मेकालिकल र कबाडहरुको पनि त्यस्तै ग्रुप निर्माण गरि प्रहरी संग जोडियो । सफ्टवयर इञ्जिनियरिङ अध्यनरत हरिका अनुसार उनको मोवाइल थुतेर भागेका ब्यक्ति प्रबिधिमा पनि अब्बल नै भएको बताए ।
जस्ले उनको मोवाइलको पासपोर्ट थाहाँ पाउन नसकेपछि बाहिरैबाट बिभिन्न जुक्ति लगाएर रिसेट गरेका थिए । तर, अमृत जसरी पनि हरिको मोवाइलको पासपोर्ट पत्ता लगाइ उनका साथीहरु बाट पैंशा माग्न खोजिरहेका थिए । त्यसैले उनले पासपोर्ट बिर्सिएको भन्दै चार दिन अघि मोवाइल पसलमा खोलिदिन आग्रहका साथ पुगे ।
प्रहरीले ग्रुपमा पठाएको मोवाइल र दिएको सूचना संग ठ्याक्कै मिलेपछि लक खोल्नु भन्दा पहिलै पसल सञ्चालकले प्रहरी जोडिएको ग्रुपमा मोवाइल खिचेर पठाइ सकेका थिए । तत्काल त्यो पसलमा प्रहरी पुग्दा अमृत उम्कन सफल भए ।
प्रहरीलाई किन पनि चुनौति थपिएको थियो भने चोरले बाहाना बाजी गरेर ज–जस्का मोवाइल थुतेर लगेका थिए ती मोवाइलबाट बिभिन्न ब्यक्तिहरु संग पैंशा मागिरहेका थिए ।
सोमबार आमा निता संगै इप्रका पुगेकी सुजाता चौधरीले आफ्नो मोवाइलको प्रयोग गरि बिभिन्न ब्यक्तिहरुबाट हजारौं पैंशा मागिएको बताइन ।
सुजाताको मोवाइल प्रयोग गरि उनका साथीहरु मुनुका चौधरी संग १०,०००, एकराज चौधरी संग ४००० र सुर्य चौधरी संग २७०० रुपैयाँ फुत्काइ सकेका थिए । सामाजिक सञ्जाल फेसबुकमा जोडिएका साथीहरुलाई ती मोवाइल चोर्ने युवकले एकाएक आफ्नी आमा बिरामी भएको हुँदा तत्काल सहयोग गर्न आग्रह गर्थे ।
‘मेरो फेसबुकमा जोडिएका लगभग सबै संग उस्ले त्यसैगरि पैंशा मागी भ्याए छ ,’ सुजाताले भनिन् ‘ मेरो त इन्सल्टै गरि दिएको छ मैले अब साथीहरु संग कसरी मुख देखाउने होला ।’
सुजाताले मोवाइल लुटेर भाग्ने ब्यक्तिले गलत तरिकाले बिभिन्न ब्यक्तिहरु संग आफ्नो मोवाइलको दुरुपयोग गरि हालसम्म साढे १६ हजार लगेको खुलेको हुँदा त्यो पैशा पक्राउ परेका ब्यक्तिबाटै अशुल उपर गर्नु पर्ने माग डिएसपी ठकुरी समक्ष राखेकी थिइन ।
प्रहरीले आइतबार मात्रै तुलसीपुर – ६ बरुवा गाउँकै २५ बर्षीय अमृत चौधरीलाई घरबाटै नियन्त्रणमा लिएको डिएएसपी ठकुरीले बताए । लुटेर लगेको सुजाताको मोवाइल पनि अमृतको घरको कोठाबाटै बरामद भएको थियो ।
राति ११ बजेसम्म ती मोवाइल चोरी गरेका ब्यक्तिले बिभिन्न बाहाना गरि क्यूआर कोडमा पैंशा मागेर ठगी गरेको तथ्य अनुसन्धानबाट खुलेको इप्रकाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए । आरोपित अमृतले लुटेको सुजाताको साथीहरु संग पैंशा माग्दा नारायणी सापकोटको क्यूआरमा पैंशा मागेको अनुसन्धानबाट खुलेको छ ।
डिएसपी ठकुरीका अनुसार प्रहरीलाई छक्काउन अमृतले सावधानी पूर्वक बिभिन्न खाजा खाने होटेल वा नास्ता पसलहरुको क्यूआरमा अन्य बिभिन्न ब्यक्तिहरु संग पैंशा मागेको खुलेको छ ।
‘अमृत जहाँ जान्थे खाजा खाँदा खाँदै त्यही होटेलको क्यूआर लुटेका मोवाइलहरु बाट उनीहरुका साथीहरुलाई बिभिन्न समस्या देखाउँदै पठाउने गर्थे र पाँच मिनेट भित्रै पैंशा पठाउन भन्थे त्यो भन्दा बढी समय भए पैंशा समेत नलगी उठेर गइ हाल्थे,’ डिएसपी ठकुरीले भने ‘ प्रहरीबाट जोगिन त्यो सबै टेक्निक अपनाएको उस्ले साबिती बयान गरेको छ ।’
एक डेढ महिनाको अनुसन्धान र प्रयास पछि मात्रै अमृत पक्राउ परेको डिएसपी ठकुरीले बताए ।
प्रहरी हिरासतमा रहेका अमृतले यो अवधिमा झन्डै एक दर्जन जति बिभिन्न ब्यक्तिका मोवाइल जरुरी काम परेको बाहाना बनाइ एकै छिन भन्दै थुतेर भागेको खुलेको छ । ती मोवाइल बाट बिभिन्न ब्यक्तिहरु संग हजारौं रकम ठगी गरेको खुल्न आएको डिएसपी ठकुरीले बताए ।
अमृत पक्राउ परेपछि बिभिन्न पीडित ब्यक्तिहरु प्रहरीको सम्पर्कमा आएको तथा उजुरी दिन थालेको मद्दा फाँटमा कार्यरत अर्का प्रहरी निरीक्षक बिनोद खत्रीले बताए । बिजौरी र पर्सेनी क्षेत्रबाट दुई जना महिलाहरु बाट त्यसैगरि मोवाइल थुतेर भाग्नेपनि अमृत नै रहेको प्रहरीको दाबी छ ।