२०८२ कार्तिक २४ गते सोमवार

प्रेस युनियनको ३४औं स्थापना दिबस – तुलसीपुर, घोराही र लमहीमा दीप प्रज्वलन

तुलसीपुर, जेठ १४ । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवशरमा दाङ शाखाले मंगलबार जिल्लाका प्रमुख तीन सहरहरुमा दीप प्रज्वलन गरेको छ ।


तुलसीपुरको बिपी चोकमा दाङ जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षता र नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन कार्यक्रम भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गिरीले लोकतन्त्रको रक्षा, मुलुकको सुशासन र ब्यथितिका बिरुद्ध मिडियाले सशक्त रुपमा कलम चलाउन आग्रह गरे ।


कार्यक्रमलाई नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काले पनि सम्बोधन गर्दै स्वतन्त्र पत्रकारितामा जोड दिएका थिए ।


कार्यक्रममा अन्य पेशागत संगठनका अध्यक्षहरु, तुलसीपुर क्षेत्रका उद्योगी, ब्यबसायी, नेविसंघ र तरुण दलका नेताहरुको पनि सहभागिता थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *