२०८३ भाद्र १० गते बुधवार

चोरखोलामा पहिरो – राप्ती राजमार्ग अवरुद्ध


दाङ, जेठ १४ । पहिरोका कारण राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

राजमार्गको सल्यान–दाङ खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका–३ स्थित चोर खोलामा गएरातिको बर्षा पछि झरेको पहिरोले सडक खण्ड अवरुद्ध भएको हो ।

बुधवार बिहान करिब ४ः४० बजेतिर सडक माथिबाट खसेको पहिरोले सडक खण्ड पुर्ण रूपमा अवरुद्ध भएको सल्यानका प्रमुख डिएसपी केशर न्यौपानेले बताए ।

पहिरो हटाउन एक्स्काभेटर प्रयोग भएको छ । राप्ती राजमार्ग स्तरबृद्धिका लागि प्रयोग भएको जेसिबीले पहिलो हटाउने काम गरि रहेको छ ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि यात्रा रोकिएका छन् । साना सवारी साधन भने बैकल्पिक कपुरकोट– लामीडाँडा र कपुरकोट– पाखापानी साततले हुँदै पठाइएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *