२०८३ भाद्र १० गते बुधवार

युनियनको ३४ औं स्थापना दिवस – घोराहीमा मैत्रीपूर्ण फुटसल आयोजना

आज सांझ तुलसीपुर, घोराही र लमहीमा दीप प्रज्वलन गरिदै

हिमाल महरा, घोराही, जेठ १३ । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवशरमा दाङ शाखाले मंगलबार घोराहीमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

घोराही उपमहानगरपालिका –१७ पनौरास्थित फुटसल ग्राउण्डमा नेपाल प्रेस युनियन दाङ र प्रेस चौतारी दाङका बीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको नतिजा यूनियनले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।


मैत्रीपूर्ण खेलमा युनियनले १० गोल गर्दै जित निकाएको थियो भने चौतारीले बदलामा ४ गोल गरेको थियो । विजेता यूनियनको टिमलाई ट्रफीपनि प्रदान गरिएको थियो ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षता र नेपाल प्रेस युयिन दाङ शाखाका संस्थापक सचिव तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यता एंव नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदीप गौतम र नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको विशिष्ट आतिथ्यतांमा खेल भएको थियो।


नेपाल प्रेस युनियन दाङकी उपाध्यक्ष पार्वती बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा युनियन दाङका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, प्रेस युनियन दाङका पूर्व सचिव आरके शितल, प्रेस चौतारी दाङ शाखा सचिव निमुसंगम घर्ती लगायत स्थापना दिवसको अवशरमा शुभाकमना दिन पुगेका थिए । उद्घाटन कार्यक्रमको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए।


नेपाल प्रेस युनियन दाङका सचिव अमर क्षितिज भण्डारीका अनुसार केन्द्रीय निर्देशनअनुसार स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउने कार्यतालिका छ ।

सोही तालिका अन्तरगत मंगलबार (आज) साझ घोराही, तुलसीपुर र लमहीमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ।

बुधबार लमही अस्पतालका बिरामीलाई फलफूल वितरण र विहीवार तुलसीपुरमा पत्रकारहरूका लागि निशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम गर्ने तय गरिएको छ।

ती सबै कार्यक्रमहरुमा सहभागिताका लागि प्रेस युनियन दाङ शाखाले पत्रकार लगायत सबै आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *