दाङ, जेठ १२ । सल्यानबाट तुलसीपुर तर्फ आउँदै गरेको जिप आइतबार दिउँसो दुर्घटनामा पर्दा १२ जना घाइते भएका छन् ।
ती मध्य ९ जनालाई तुलसीपुर ल्याइएको थियो । ६ वना घाइतेलाई तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेका लागि रिफर गरिएको छ ।
पहिलो चरणमा ल्याइएका मध्य एक जना किशोरीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
दाङको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले तुलसीपुरमा ल्याइएका घाइते मध्य कपुरकोट गाउँपालिका – ५ की १५ बर्षीया सपना बुढाथोकीको अवस्था गम्भीर रहेको फरककोणलाई बताए । उनकोको ढाड, टाउको र पेटमा चोट छ ।
त्यस्तै अन्य घाइतेहरु कपुरकोट – २ का ५५ बर्षीय गोरेलाल बोहोरो, कपुरकोट – ४ की ४६ बर्षीया सीमा बुढा, कपुरकोट – ५का ३८ बर्षीय बिजय बुढाथोकी, सोही ठाउँकी ६७ बर्षीया मनजिता बोहोरा र ३२ बर्षीया भिमा बुढाको अवस्था मध्यम छ । यी घाइते सबैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि थप उपचारका लागि बाँकेका लागि रिफर गरिएको थियो । घाइते सबैको ढाड टाउको लगाएतमा चोट पटक छ ।
त्यस्तै अन्य तीन जना घाइतेलाई दिउँसो ३ बजेतिर तुलसीपुर ल्याएर उपचार थालिएको छ । जस्मा कपुरकोट – ५ की चन्द्रकला महतारा, सोही ठाउँकी १८ बर्षीया पुष्पा महतरा र ८ बर्षीया रोषिना महतरालाई पनि तुलसीपुर ल्याइएको छ । यी तीनै जनाको अवस्था मध्यम रहेको तथा हातखुट्टा, टाउको लगाएका भागमा चोट पटक रहेको प्रहरलिे बताएको छ ।
सल्यानको रिमबाट – दाङको तुल्सीपुर तर्फ आउँदै गरेको लु १ ज १६३७ नम्बरको जिप सल्यानको कपुरकोट गाउँपालिका – ३ सातबासमा दिउँसो साढे १ बजेतिर दुर्घटना परेको थियो ।
सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौंपानेले दुर्घटनामा परि १२ जना घाइते भएको जानकारी दिए ।
