२०८२ कार्तिक २२ गते शनिवार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दाङ, जेठ ११ । बर्दियामा दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते छन् ।

गएराति साढे ११ बजेतिर भएको दुर्घटनामा परि बर्दियाको मधुबन नगरपालिका – ८ लालिबजारका ३२ को टंकबहादुर बिसी र गुलरिया नगरपालिका – २ का देवानन्द यादवको मृत्यु भएको हो ।


दुबै जनाको जिल्ला अस्पताल गुलरियामा आइतबार बिहान साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाका अर्का गम्भीर घाइते गुलरिया नगरपालिका – २ का ३३ बर्षीय अनुपम यादबको भने बाँकेको नेपालगञ्जस्थित नर्सिङहोममा पुर्‍याएर उपचार जारी रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रडम्मर पालले जानकारी दिए ।

बर्दियामा उपचार संभव नभएपछि राति नै उनलाई बाँकेका लागि रिफर गरिएको थियो । मृतकको दुबै जनाको शब फोष्टमार्टम पछि आइतबार दिउँसो आफन्तले बुझेको डिएसपी पालले बताए ।

डिएसपी पालका अनुसार सानोश्रीबाट गुलरिया तर्फ जादै गरेको मृतक देवानन्द यादबले चलाएको भे १३ प २६६९ मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको मृतक टंकबहादुर बिसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल गएराति राति साढे ११ बजेतिर मधुबन ननगरपालिका –८ लालसिंहचोकस्थित हुलाकी सडक खण्डमा आपसमा ठोक्किएका थिए ।

बिसी एक्लै सवार थिए भने अर्कौ मोटरसाइकलमा दुई जना सवार थिए ।


रातिको समयमा तिब्र गतिका मोटरसाइकल आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *