२०८२ असार ७ गते आइतवार

आज देशभर चट्याङसहित वर्षाको सम्भावना


काठमाडौं,जेठ १० । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहको छ ।

बागमती प्रदेशका थोरै स्थान तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

सातै प्रदेशको एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *