तुलसीपुर, बैशाख ९ । दाङ जिल्ला अदालतले एकै दिन तीन वटा फरक फरक –बालात्कार मुद्दाको फैसला सुनाएको छ ।
तीन फरक मुद्दामा तीन फरक न्यायाधिसले एकै दिन फैसला सुनाउँदै तीन जनालाई दोषी ठहर गर्दै २९ बर्ष कैद सजाय तोकेका छन् ।
तुलसीपुरकी एक १६ बर्षीया नाबालिका बलात्कार मुद्दामा सल्यान जिल्लाको वनगाड कुपिन्डे नगरपालिका–९ रातामाटाका ३८ वर्षीय कुलबहादुर बस्नेतलाई दश बर्ष कैद फैसला भएको छ ।
बिहीबार जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले बस्नेतलाई दश वर्ष कैद, पाँच लाख जरिवाना, २५ हजार पीडितलाई क्षतिपूर्ति र २० हजार पीडित राहतकोषमा जम्मा गर्न फैसला गरेको हो ।
जिल्ला अदालतका सूचना अधिकारी गोकर्ण वलीका अनुसार अदालतले वैशाख ४ गते बस्नुतलाई कसुरदार ठहर गरेको थियो । त्यसमाथि थप सुनुवाई गर्दै बैशाख ८ गते उक्त फैसला सुनाएको हो ।
तुलसीपुरकी एक जना १६ बर्षीया नाबालिकालाई २०८० चैत २५ गते राति बस्नेतले बालात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । बस्नेतका बिरुद्ध २०८१ वैशाख १६ गते जबर्जस्तीकरणी सम्बन्धी मुद्दा चलेको थियो ।
त्यस्तै जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका – १६ घर भइ तुलसीपुर – ४ मा बस्दै आएका कर्णबहादुर केसीलाई बलात्कार मुद्दामा दश बर्षको कैद सजाय तोकेको छ । न्यायाधिस प्रतिमा पोख्रेल भट्टराइको इजलासले बिहीबार केसीलाई दश बर्ष कैद र पीडित राहात कोषमा ५० हजार जम्मा गर्न आदेश दिएको हो ।
एक जना सुस्त मनस्थितिकी महिला माथि बलात्कार गरेको उजुरी भन्दै पीडितको तर्फबाट केसी बिरुद्ध प्रहरीमा मुद्दा परेको थियो । २०७३ माघ ३ गते केसीले सुस्तमनस्थितिकी महिलामाथि बलात्कार गरेको जाहेरीमा उल्लेख छ । कर्णबहादुर वली हाल फरारकै सूचिमा छन् ।
जिल्ला अदालतले बिहिबार नै गरेको अर्कौ बलात्कार मुद्दाको फैसलामा गढवा गाउँपालिका – ४ का ५२ बर्षीय लाहानु चौधरीलाई नौं बर्ष जेल सजाय तोकेको छ ।
न्यायाधिस तेजनारायण पौडेलको इजलाशले चौधरीलाई दोषी ठहर गर्दै नौं बर्ष कैद सजाय, ५० हजार पीडितलाई क्षतिपूर्ति र एक हजार ६ सय पीडित राहतकोषमा जम्मा गर्न फैसला सुनाएको थियो ।
चौधरीले एक जना बोल्न नसक्ने महिलालाई २०७६ माघ २० गते बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । अदालतका सूचना अधिकारी गोकर्ण वलीका अनुसार चौधरीपनि हाल फरारकै सुचिमा छन् ।