दाङ, वैशाख ९ । रूकुम पश्चिममा बिद्युत मर्मतका लागि पोलमा चढेका एक जना युवकको गएराति करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका – ३ का २९ वर्षीय खिमबहादुर खड्काको बिहीबार राति सवा दश बजेतिर मुसीकोट नगरपालिका –४ बोहरागाउँमा विद्युत मर्मतका लागि पोलमा चढेको समयमा करेन्ट लागेर घटना स्थलमै मुत्यु भएको हो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वमा सेवा करार हेल्परमा कार्यरत खड्का रूकुमकोट वितरण केन्द्रमा कार्यरत थिए ।
उनी रूकुम पूर्वमा विद्युत अवरुद्ध भएपछि मर्मतका लागि पोलमा चढेका बेला करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।
गल्तीबस केन्द्रीय प्रसारण लाइनको तारमा छुन पुग्दा राति दश बजेर २२ मिनेटमा उनलाई करेन्ट लागेको थियो ।
सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छोएको हुँदा खड्कालाई करेन्ट लाग्न पुगेको अनुमान गरिएको छ ।
खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।