२०८२ असार ७ गते आइतवार

तुलसीपुरसहित दाङको वनमा फेला परे ७ पाटे बाघ


तुलसीपुर, जेठ ९। दाङको तुलसीपुर लगाएत विभिन्न वन क्षेत्रमा सात वटा वयस्क पाटे बाघ फेला परेको सरोकारवालाहरुले बताएका छन् । सिसी टिभी क्यामेरामा ती बाघहरु कैद भएका पाइएको छ ।

त्यस्तो अध्यनबाट जिल्लाका चार स्थानीय तह, तुलसीपुर र घोराही उपमहानगरपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिकाको वन क्षेत्रमा सात वटा बयष्क पाटे बाघहरु फेला परेका हुन ।

डिभिजन वन कार्यालय घोराहीको संयोजकत्वमा डिभिजन वन कार्यालय देउखुरी, लमहीको समन्वय र सहकार्यमा मध्य तराई भूपरिधि क्षेत्रमा पर्ने जिल्ला अन्तरगतका वन क्षेत्रमा बाघ अनुगमनका लागि क्यामरा राखेको थियो ।

ती क्यामेरामा एउटा भाले, दुइटा पोथी र चार वटा लिंग पहिचान नभएका वयष्क बाघ कैद भएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिएका छन् ।

चार पालिकाका विभिन्न २३ स्थानमा जडान गरिएका क्यामेरामा ती बाघमहरु कैद भएका थिए । बाघको अवस्था पत्ता लगाउन गत वर्ष मंसिर २४ गतेदेखि माघ ४ गतेसम्म क्यामेरा जडान गरिएका थिए ।

त्यो काम सर्वेक्षण कार्य वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन निर्देशनालयले गरेको थियो ।


चालीस दिनसम्म एक सय नौ वटा क्यामरा जडान गरी चार सय ३६ वर्ग किलोमिटर वन क्षेत्रको निगरानी गरिएको र त्यसमा सात वटा बयष्क बाघहरु कैद भएको वन अधिकृत सुवेदीले बताए ।


बाघको सर्वेक्षण गर्ने कार्यका लागि डिभिजन वन कार्यालयका आठ कर्मचारी, आठ स्थानीय नागरिक तथा १६ अनुसन्धानकर्ता सहितको आठ टोली बनाइएको थियो ।

संकलित तथ्यांकको विश्लेषण कार्य जारी रहेको र विस्तृत प्रतिवेदन केही समयपछि सार्वजनिक गरिने अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *