२०८२ कार्तिक २२ गते शनिवार

साढे ७० ग्राम ब्राउन सुगरसहित दुइ युवा पक्राउ


दाङ, वैशाख ८ । बाँकेको नेपालगञ्जबाट ठूलो परिमानमा ब्राउन सुगरसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।


बाँकेको नेपालगञ्जमा चेकजाँचका क्रममा ७० ग्राम ५२० मिली ग्राम ब्राउन सुगरसहित दुइ युवा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।


पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका – १६ का ३१ बर्षीय जुमाइ सिद्धिकी र १९ बर्षीय समिर बेहेना रहेका छन् ।
उनीहरुलाई प्रहरीले नेपालगञ्ज – २१ स्थित सडक किनारमा हिडिरहेको समयमा पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी दिपक पातलीले शंकाष्पद अवस्थामा हिडिरहेका उनीहरुलाई खानतलासी लिने क्रममा ब्राउन सुगर बरामद भएको बताए ।


जिल्ला अदालतबाट म्याद थप भइ पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *