२०८३ असार ५ गते शुक्रवार

लागुऔषध नियन्त्रणमा मिलेर काम गर्न जरुरी छ – डिआइजी भट्ट

तुलसीपुर, वैशाख ७ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका डिआइजी राजेन्द्रप्रसाद भट्टले बिकराल समस्याको रुपमा देखिएको लागुऔषध नियन्त्रणका लागि मिलेर काम गर्न जरुरी रहेको बताएका छन् ।

बुधबार तुलसीपुरस्थित कार्यालयमा यस क्षेत्रका पत्रकारसंग परिचआत्मक कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै डिआइजी भट्टले लुम्बिनी सीमा नाकामा चेकजाँच र निगारी बढाइने बताएका हुन ।


अधिकाँस प्रतिबन्धित आगुऔषधको कारोबार छिमेकी देश भारत र त्यससंग सम्बन्धित बजार क्षेत्रबाट भइ रहेको पाइएको हुँदा त्यो नियन्त्रणमा लाग्न जरुरी रहेको बताए ।

त्यस्तै उनले लुम्बिनीका केही पहाडी जिल्लाहरुमा लुकिछिपी हुँदै आएको अफिमको बोटहरुको नष्ट गर्ने अभियान सञ्चालन गरिएको बताए ।


हालसालै सरुवा भइ आएका डिआइजी भट्टले आँफु पहिला रोल्पा लगाएतका जिल्लामा काम गरेको भएपनि लुम्बिनी प्रदेश मातहतका जिल्लाहरुको अवलोक भ्रमण गरि भूगोल पहिचानका साथै सम्बन्धित क्षेत्रका समस्या सुन्ने काम गरि रहेको बताएका थिए ।


त्यसक्रममा पत्रकारहरुले जिल्लाका समस्याहरु बारे बताएका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *