गिरिराज नेपाली, तुलसीपुर, वैशाख ७ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मज्गैमा स्थित एक सुन पसल चोरी भएको छ । सोही ठाउँ निवासी पदम बिकले संचालन गर्दै आईरहेको बिजु सुन चाँदी उद्योगमा गएराति चोरी भएको हो ।
उद्योगमा १२ आनाको दुई जोडी बाला , एक तोला दस आनाको सुनको सिक्री दुई थान , २४ आनाको २४ पिस सुनको चन्द्रमा , २० तोलाको चाँदीको सिक्री १५ थान र नगद पाँच हजार गरि जम्मा १२ लाख ५२ हजार मूल्य बराबरको सुन , चाँदी र नगद चोरी भएको छ ।
उद्योगको दक्षिणी ढोका फोडेर चोरी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सुर्य रानाले बताए ।
उद्योगको स्थलगत निरिक्षण गरि घटना विवरणको संकलन सहित चोरीको अनुसन्धान भईरहेको प्रहरी निरिक्षक रानाले जानकारी दिए । चोरी अनुसन्भान सहित चोरीमा संलग्न व्यक्तिको खोजी जारी राखिएको छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी संघ दाङले घटनामा संलग्न खोज अनुसन्धान गरि दोषीलाई उचित कार्वाहीको माग गरेको छ ।
