२०८२ असार ७ गते आइतवार

आर्मी चेकपोष्टमै बसले मोटरसाइकललाई ठक्कर दियो, दुई जना गम्भीर घाइते

मोटरसाइकल आगो लागेर नष्ट भयो


दाङ, जेठ ५ । शिवखोलाको आर्मी चेकपोष्टमा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परि मोटरसाइकल चालक राप्ती सोनारी गाउँपालीका – १ लौकीका २९ बर्षीय बिकाश साह र दाङको तुलसीपुर उपमहानगरपालिका – २७ का रमेश चौधरी गम्भीर घाइते भएका छन् ।


घाइते दुबै जनालाई बाँकेको कोहलपुर मेडिकलेजमा उपचार पछि थप उपचारका लागि राति नै छिमेकी देश भारतको लखनौंका लागि रिफर गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी दिपक पातलीले बताए ।


गम्भीर घाइते शाह र चौधरी स्थानीय मेची महाकाली होटेलमा काम गर्ने युवाहरु हुन ।

बाँकेको राप्ती सोनारी गाउँपालीका – १ शिवखोला चेक पोष्टमा पूर्व बुटवलबाट भारतको डिल्ली तर्फ जानका लागि छुटेको लु .प्र ०१–००१ ख ०२७३ नम्बरको नेपाल भारत मैत्री बसले बिपरित दिशा पूर्व बाट पश्चिम तर्फ आउँदै गरेको भे ४ प ५११६ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।

दुर्घटना लगतै मोटरसाइकलमा आगो लागेको थियो । मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको डिएसपी पातलीले बताए ।


दुर्घटना आइतबार बेलुकी सात बजेतिरको थियो । दुर्घटनाको केही बेरपछि राति ९ बजेतिर स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।


इलाका प्रहरी कार्यालय अमेलिया दाङ, बाँकेको इलाका प्रहरी कार्यालय कुसुम, इप्रका कोहलपुर बाँके, इप्रका बैजापुर बाँके, जिल्ला प्रहरी कार्यालय बाँकेसमेत बाट प्रहरी परिचालिन गरि एक घन्टा पछि अबरुद्ध राजमार्ग खोलिएको इप्रका कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालले बताइन ।


प्रहरी अधिकारीका अनुसार आर्मीको चेकपोष्टमा बस सुस्त गुडिरहेको थियो । पश्चिमबाट पूर्व तर्फ गइ रहेको तीब्र गतिको मोटरसाइकल अनियन्त्रित भइ बसमा ठोक्किए पछि आगजनी भएको हो । बसको भन्दापनि मोटरसाइकलकै गल्तीले दुर्घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *