२०८२ असार ७ गते आइतवार

स्ववियुले किन लगायो राप्ती बवइ क्याम्पस चिफको कार्यकक्ष जाने गेटमा ताला

तुलसीपुर , जेठ २ । तुलसीपुरस्थित राप्ती बबई क्याम्पसका चिफ र सहायक क्याम्पस चिफको कार्यकक्षमा जाने गेटमा स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार ताला लगाएको छ ।

क्याम्पस प्रमुख गणेश पार्धे लगाएत सहायक क्याम्पस प्रमुखको कार्यकक्ष जाने गेटमा स्ववियू सभापति प्रमोद भण्डारीसहितको टिमले शुक्रबार बिहान सवा ११ बजेपछि ताला बन्दी गरेको हो ।
सभापति भण्डारीले आँफुहरु निर्वाचित भइ आएको दुई महिना बितिसक्दा पनि स्ववियूको अघिल्लो कार्यसमितिको पालाको हिसाव किताब नदिएको हुँदा ताला लगाउनु परेको बताए ।
उनी निर्वाचित भइ आए लगतैदेखि स्ववियुको हिसाव किताब माग गर्दै त्यो रकम स्ववियुको खातामा आउनु पर्ने दाबी गर्दै आएका थिए ।
क्याम्पस स्ववियु सभापति भण्डारीले आँफु पदेन सदस्य रहेपनि आँफुलाई वेवास्ता गरिएको, क्याम्पसको बैठक तथा छलफलहरुमा नबोलाइएको गुनासोपनि गरे । सहायक क्याम्पस प्रमुखको म्याद गुर्जिएपछि क्याम्पस प्रमुखले मनोमानी रुपमा सहायक क्याम्पस प्रमुख तोकेको, स्ववियुलाई थाहाँ नदिएर तुलसीपुर उपमहानगरपालिका संग पाँच लाख रुपैयाँ ल्याइ पर्खाल लगाउने कार्य गर्न थालेको कुरा स्ववियुलाई चित्त नबुझेको सभापति भण्डारीले बताए ।

प्रमुख कारण नयाँ कार्यसमिति निर्वाचित भइ आएको दुई महिना बितिसक्दा पनि स्ववियुको खातामा पैंशा पठाउन क्याम्पस प्रमुखले कुनै चासो नदेखाएको भन्दै सभापति भण्डारीले रोष प्रकट गरे ।
यसअघि अनिल कार्की स्ववियु सभापति थिए । समयमै निर्वाचन हुन नसक्दा उनको कार्यकाल लामो समय चलेको थियो । पछि अदालतले त्यो कार्यसमितिको औचित्य नरहेको फैसला गरेको थियो ।

स्वबियु नेताहरुले प्रक्रिया शुझेनन् – प्रशासन शाखा

क्याम्पसको प्रशासन शाखाले भने स्ववियुका पदाधिकारीले नबुझेरै हचुवाको भरमा ताला लगाएको दोषरोपन गरेको छ । नियम संवत रुपमा स्वबियुको पैंशा स्ववियु कोषमा जम्मा हुन्छ । त्यो पैैंशा यसअघिका हरेक बिद्यार्थीले – क्याम्पसका विद्यार्थी हकहितका लागि भनेर जम्मा गरेको पैंशा हो । प्रशासन शाखाका अनुसार हरेक बिद्यार्थी भर्ना हुँदा स्ववियु कोषमा जम्मा भएको पैंशा कुनै पनि चित्त बुझ्दो
प्रस्ताब बिना नै अहिलै स्ववियुको खातामा पठाउन दबाब दिन मिल्दैन । ‘हरेक विद्यार्थीले बिद्यार्थीको हकहितका लागि भनेर जम्मा गरेको पैंशा राम्रो प्रस्ताब बिना नै ब्यक्ति बिषेशले भन्दैमा स्ववियुको खातामा पठाउन मिल्दैन,’ प्रशासन शाखाका एक पदाधिकारीले भने ‘ स्ववियूले बिद्यार्थीको हक हितका लागि राम्रो प्रस्ताब लिएर आए भरखरै पैंशा स्ववियुको खातामा जान्छ । तर हचुवाको भरमा पठाउन भन्न मिल्दैन ।’

यदि उनीहरुले स्ववियु निर्वाचनका क्रममा आँफुहरुको खर्च भएको र त्यो खर्चको परिपुर्ती स्ववियु कोषमा रहेको पैंशा बाट गर्ने सोच राखेका छन् भने त झनैं त्यो मिल्दै नमिल्ने कुरा हो । आम बिद्यार्थीको हकहितको प्रस्ताबसहित उनीहरु आएको खण्डमा भने तत्काल पैंशा स्ववियुको खातामा पठाउन मिल्ने ती पदाधिकारीले बताए ।


स्ववियु कोषको खातामा अनिल कार्की सभापति हुनु भन्दा पहिले देखि नै जम्मा भएको हाल करिब ९ लाख बढी पैंशा छ ।
प्रशासन शाखाका ती पदाधिकारीका अनुसार स्ववियुमा नयाँ कार्यसमिति आएपछि एक लाख रुपैंयाँ भने पेस्कि स्वरुप पठाइ सकिएको छ । फेरि पनि हचुवाको भरमा त्यसैगरि सबै पैंशा आँफुहरुको खातामा आँफुहरुले मनलाग्दी खर्च गर्न पाउने गरि पठाउ भन्नु स्ववियु नेताहरुले प्रक्रिया नै नबुझेर हचुवाको भरमा ताला लगाएको उनले बताए ।


‘कलेजका बिद्यार्थीको हकहितमा कुनै राम्रो प्रस्ताब बिना नै त्यो जम्मै पैंशा स्ववियुको कोषमा पठाउनै मिल्दैन,’ उनले भने ‘ त्यसो गर्दा भोलि लेखा परीक्षणका क्रममा प्रशासन शाखा जबाफदेही बन्नु पर्छ ।’


त्यो पैंशा क्याम्पसका बिद्यार्थीको हकहितमा खर्च हुन्छ भन्ने निश्चित उदेश्यका साथ प्रस्ताब लिएर आएको खण्डमा मात्रै स्वबियु कोषबाट स्ववियुको खातामा पैंशा पठाउन मिल्ने हुँदा प्रक्रिया नै नबुझेर स्ववियुका नेताहरुले जोर जवरजस्ती गर्नु सही नभएको उनले बताएका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *