२०८२ असार ७ गते आइतवार

कारको ठक्करबाट दुई महिलाको मृत्यु

दाङ, जेठ २ ।कपिलवस्तुमा शुक्रबार बिहानै कारको ठक्करबाट मोनिङवाकमा निस्किएका दुई महिलाको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका – १ गोरुसिंगेका ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको कारले ठक्करबाट मृत्यु भएको हो ।

जिल्लाको बुद्धभूमि नगरपालिका – १ वसन्तपुरमा कपिलवस्तु र अर्घाखाँचीको सीमाक्षेत्र पत्थर कोटबाट गोरुसिंगेतर्फ जाँदै गरेको बिएबी ९५९९ नम्बरको कारले बिहान ६ बजेतिर दुई उनीहरुलाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय गोरुसिंगेका अनुसार दुर्घटनाका गम्भीर घाइते दुवै महिलालाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

कार चालक रूपन्देहीको सैनामैना नगरपालिका – ५ का ३२ वर्षीय खिमराज श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *