देउखुरी, जेठ १ । के तपाँइलाई थाहाँ छ ? दाङमै प्लाष्टिक जन्य फोहर बाट जमिनमा बिच्छाउन मिल्ने टायल र इन्टरलक ब्रिक उत्पादन हुँदै आएको छ नि ?
जल, जमिन र वायुका लागि सबै भन्दा घातक प्रदुशन मानिने तथा बर्षौं सम्म नकुहिने प्लास्टिकजन्य फोहोर बाट पार्किङस्थल, गार्डेन, घरको आँगन वा घर भित्र, बाटो आदिमा सजावटका लागि बिच्छाउन मिल्ने त्यस्ता सामाग्री पहिलो पटक दाङमा उत्पादन हुन थालेको हो ।
नपत्याए तपाँइ राप्ती गाउँपालिका – २ पुन्यपुरमा गए पुग्छ । जहाँ पालिकाको लगानी र इको फ्यामिली प्रालि हेटौडाको सहयोगमा नगल्ने प्लाष्टिक जन्य फोहरको सदुपयोग गरि टायल, इट्टा, इन्टरलक लगायतका सामग्री उत्पादन हुँदै आएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले नगल्ने तथा माटोको लागि अति नै हानिकारक मानिने प्लाष्टिक जन्य फोहरलाई गलाएर तथा प्रशोधन गरि त्यही फोहरबाट टायल, इट्टा, इन्टरलक लगायतका सामग्री उत्पादन सुरु हुनु सुखद पक्ष मान्न सकिने बताए ।
त्यसबाट फोहर ब्यबस्थापन गर्न सहज मात्रै भएको छैन फोहरबाट मोहर आर्जन गर्ने सपनापनि साकार हुँदै गएको उनी बताउँछन् । गाउँपालिकाको दुई बिगाहा जग्गा १५ बर्षका लागि प्रालिलाई सित्तैमा उपयोग गर्न दिएको छ ।
दुई करोड बढी लगानी गाउँपालिकाले गरि सकेको छ । उद्योगका लागि दुई वटा ट्रष्टहरु निर्माण गरिएका छन् ।
उद्योग भएको जग्गामा पर्खाल लगाएको छ । त्यही मेसिनको सहयोग नगल्ने र माटोको लागि अति नै हानिकारक मानिने प्लास्टिक जन्य बस्तुबाट इट्टा, टायल, इन्टरलक लगायतका सामग्री निर्माण हुँदै आएको गाउँपालिका अध्यक्ष बिष्टले बताए ।
राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको राजधानीको केन्द्र भएको हुँदा प्लाष्टिक जन्य फोहरबाट मुक्त राख्न र त्यो फोहोरलाई मोहरमा बदल्ने उद्देश्य अनुरुप इको फ्यामिली प्रालिसँग सम्झौता भइ जीवन उपयोगी बस्तुहरु निर्माण गर्ने र त्यसबाट पैंशा आर्जन गर्ने सोचले काम भइ रहेको अध्यक्ष बिष्टले बताए ।
नगल्ने तथा मल बनाउन नसकिने प्लाष्टिक जन्य बस्तुको प्रयोग गरि फोहोरलाई मोहरमा परिणत गर्ने उदेश्य अनुरुप काम भइहरेको हुँदा राप्तीको फोहर ब्यबस्थापन सहज हुने उनले आशा ब्यक्त गरे ।
पालिका र प्रालि संग नगल्ने बस्तुहरु बाट निर्मित बस्तुहरु बिक्री गरेबाफत गाउँपालिकाले निकासी कर उठाउने सहमति भएको छ । त्यस्तै प्रालिले टायल, इन्टरलक इँटा, टाँक, मल बनाउन प्रयोग नहुने फोहोरलाई कबाडमा बिक्री गर्न पाउने सुविधा छ । तर, त्यस बाफत पनि गाउँपालिकाले निकासी कर लिने पाउने संझौतामा उल्लेख छ ।
गाउँपालिकाले फोहोर संकलन गरि सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रसम्म पुर्याइदिने काम गर्दै आएको छ । फोहोरको वर्गिकरणदेखि प्लास्टिक सामग्री र जैविक मल उत्पादनको काम प्रालिले आँफैले गर्ने संझौंतामा उल्लेख छ ।
पालिका र प्रालिका बीचमा २०७९ भदौमा नगल्ने फोहोर जस्तै प्लास्टिकबाट टायल, इन्टरलक, टाँकलगायतका सामग्रीसहित जैविकवस्तुबाट मल उत्पादन गर्ने सहमति भएको प्रालि सञ्चालक समितिका अध्यक्ष रुपकराज कँवरले जानकारी दिए ।
स्वच्छ र हरित पालिका निर्माण गर्ने अभियान अन्तर्गत फोहोरबाट प्लास्टिक सामग्री उत्पादन थालेको भन्दै उनले प्लास्टिकबाट टायल, इन्टरलक इँटा लगायतका सामग्री उत्पादन गर्न सुरु भएको बताए ।
गाउँपालिकाले सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्र स्थापनासँगै फोहोरबाट टायल, इन्टरलक इटालगायतका सामग्री उत्पादनका लागि दुई करोड २० लाख रुपैयाँ बढी लगानी गरिसकेको जनाएको छ । नौ वटा वडा रहेको राप्ती गाउँपालिकाबाट दैनिक दुई क्वीन्टल फोहर संकलन हुने गर्छ । त्यसमध्य गल्न फोहर जम्मा आठ सय केजी मात्रै हुने गर्छ ।
यो फोहोर संकलनदेखि वर्गीकरणको काम जम्मै पालिकाले गरि दिन्छ ।
त्यो कामका लागि १८ जनाले रोजगारी पाएका छ्न । आठ जना इको प्रालि र १० जना गाउँपालिकाले कर्मचारीको व्यवस्थापन गर्दै आएको छ ।