२०८३ भाद्र १२ गते शुक्रवार

डुडुवामा अनलाइन घरधुरी सर्बेक्षण शुरु

डुडुवा, जेठ १ । डुडुवा गाउँपालिकाले अनलाइन घरधुरी सर्भेक्षण शुरु गरेको छ । अनलाइन सफ्टवेयरको प्रयोग गरी गाउँपालिकामा रहेका सम्पूर्ण घरहरुको विवरण संकलन गर्न थालिएको छ ।

जिपिएस प्रर्णालीमार्फत पालिकाका ६ वटै वडामा सर्भेक्षक परिचालन गरी सम्पुर्ण विवरण संकलन गर्न लागिएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।


पालिकाले सम्पूर्ण घरधुरीको विवरण अनलाइन गरेर स्थानीयका समस्या, तथा अवस्था पहिचान गर्नमा सहज हुने र त्यसैका आधारमा पालिकालाई योजना, कार्यक्रम तथा बजेट बनाउन सजिलो हुने उनले बताए ।

अध्यक्ष चौधरीले हरेक नागरिकको वास्तविकता पहिचान गर्नुका साथै सम्पुर्ण तथ्यांक विवरण अनलाइन प्रर्णालीमा आउने भएपछि जुनसुकै बेला पनि प्रयोग गर्न मिल्ने बताए ।


पालिकाको ६ वटै वडामा १८ जना घरधुरी सर्भेक्षकलाई तालिम दिएर तीन महिनाभित्र सम्पुर्ण विवरण संकलन गर्ने गरि खटाइएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले जानकारी दिए ।

सर्भेक्षणमा विशेषगरि व्यक्तिगत, संस्थागत, र व्यवसायिक विवरण अन्र्तगतका सूचनाहरु संकलन गरिने सूचना प्रविधि अधिकृत शुरेसकुमार बर्माले जानकारी दिए ।


विवरण संकलनकर्तालाई तालिम दिएर मोवइलमा जिपिएससंगै सफ्टवेयरमार्फत प्रत्येक व्यक्तिको प्रोफाईल तयार गरिने उनले बताए ।

डुुडुवामा १० हजार घुरधुरीको विवरण संकलन गरिने उनले जानकारी दिए । सर्भेक्षणले व्यक्तिगत, संस्थागत, व्यवसायिक, शिक्षा, स्वास्थ्य, कृषिलगायत सम्पुर्ण विवरण तयार गर्ने छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *