बाँके, बैशाख ३० । बाँकेको डडुवा गाउँपालिका – ५ स्थित राप्ती नदीको बगरमा झन्डै चार सय बिगाहा जमिनमा भारतिय नागरिक आएर यो बर्षपनि तरभूजा खेती गरेका छन् । उनीहरुले जिल्लामै पहिलो पटक गत बर्षदेखि यहाँ आइ तरभूजा खेती सुरु गरेका थिए ।
उनीहरुले यहाँको भूमिमा तरभूजा खेती गरे बाफत कसैलाई एक पैंशापनि भाडा तिर्दैनन् । स्थानीय गाउँले संगको सदभाव र सम्बन्धका कारण त्यसै खाली पल्टिदै आएको जमिनमा गत बर्ष पहिलो पटक उनीहरले तरुभूजा खेती गरेका थिए ।
तरभूजा तेखी बाट उनीहरु एक सिजनमै लाखौं कमाइ गर्छन । माघ तिर आइ यहाँ उनीहरुले तरभूजा खेतीको तयारी गर्छन र आम्दानी गरि असाढ भन्दा पहिलै आफ्नै देश फर्कि सक्छन् ।
यो बर्षपनि भारत उत्तरप्रदेश बाट १२ घर परिवारका झन्डै एक सय जना मानिस तरभूजा खेतीका लागि आएका छन् । यतिखेर उनीहरु धमाधम आफ्नो उत्पादन बेचिरहेका छन् ।
राप्ती पुल नजिकैको सिधिन्या घाटमा बसेरपनि उनीहरु हुलाकी मार्गमा यात्रा गर्न यात्रुलाई तरभूजा बेच्छन् भने नेपालगञ्ज, बुटवलदेखि काठमाडौंसम्मका ठूला ब्यापारीहरु गाडी लिएर उनीहरुको उत्पादन लिन आइ पुगेका हुन्छन् ।
राप्तीको बगरमा तरभूजा खेती गर्ने समुहको नेतृत्व भारतिय नागरिक ४५ बर्षीय साइदा अलीले गरि रहेको उनी स्वएंमले बताए । उनले स्थानीय गाउँले संगको मित्रताका कारण गत बर्ष जस्तै यो बर्षपनि सित्तैमा तरभूजा खेती गर्न पाएको बताए ।
यो बर्ष राप्ती बगरको चार सय बढी बिगाहा जमिनमा तरभूजा खेती गर्दा डेढ करोड बढी लगानी पुगेको उनले बताए ।
गत बर्ष भएको फाइदा बारे उनी खुल्न चाहेनन् । यो बर्ष हुने अनुमानित फाइदा बारे पनि बोल्न चाहेनन् । अर्का भारितय नागरिक ४६ बर्षीय साबिर शेखले किसानले जहाँ गएपनि काम गरि खाने हुँदा भूगोलको कुरा नगर्न आग्रह गरे ।
बर्षौंदेखि त्यसै बाँझै पल्टिदै आएको जमिनको संभावना आँफुहरुले उजागर गरि दिएको हुँदा स्थानीयले आँफुहरुलाई धन्यबाद दिनुपर्ने उनले बताएका थिए ।
बाँकेको डडुवा गाउँपालिका – २ हलबलडोलीका ६५ बर्षीय जम्मन शेखले भारतिय आएर खाली जमिनमा खेती गरेर राम्रो आम्दानीको संभावना देखाइ दिएको बताए ।