२०८२ असार ७ गते आइतवार

साधारण सदस्य वली दम्पत्तिको निधनमा बाणिज्य संघ द्धारा शोक पारित


तुलसीपुर, बैशाख ३० । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१० तिमिलेमा सोमबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका तुलसीपुरका ब्यापारिक दम्पत्तिको मृत्युमा तुलसीपुर उद्योग बाणिज्य संघले शोक प्रस्ताब पारित गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका – ५ घर भइ बजारमा कपडा तथा बिभिन्न ब्यबसाय गर्दै आएका तुलसीपुर उद्योग वाणिज्य संघका साधारण सदस्य ५० वर्षीय नरबहादुर वली र उनकी श्रीमती ४४ वर्षीया लिला वलीको मृत्यु भएको थियो ।
मंगलबार बसेको बाणिज्य संघको कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताब पारित गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


संघका कार्यबहाक अध्यक्ष देबबहादुर केसीले बैठक पछि बक्तब्य जारी गर्दै मंगलबार दिउँसो २ बजेपछि तुलसीपुरको सितलपुरस्थित बबई घाटमा अन्तिम संस्कार गरिने उल्लेख गरेका छन् ।

सानीभेरी गाउँपालिका–१० पुर्खेली घरमा कुल पूजाका लागि पुगेका वली दम्पत्तिको घर फर्कने क्रममा जिप दुर्घटनामा परि मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार लुम्बिनी प्रदेश ०२–००१ च ०१७७ नम्बरको स्कार्पियो दुर्घटनामा परेको थियो ।
प्रहरी नायव उपरीक्षक विष्टका अनुसार नरबहादुरको घटनास्थलमै र लीलाको उपचारको लागि चौरजहारी अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।


प्रहरीका अनुसार मृतक वलीकी माइती आमा ५० वर्षीया दुर्गा वली र चालक तुलसीपर उपमहानगरपालिका – ७ का ४४ बर्षीय लिलामणी भण्डारी दुर्घटनामा परि गम्भीर घाइते भएका छन् ।

घाइतेको जिल्लास्थित चौरजहारी अस्पतालमा उपचार पछि थप उपचारका लागि बाँकेमा लगेर उपचार भइ रहेको छ । गाडी सडकबाट करिव पाँचसय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *