२०८२ असार ७ गते आइतवार

कौवाघारीमा गोरुले हान्दा एक जना गम्भीर घाइते


गोल्टाकुरी, वैशाख २९ । दाङको दंगीशरण गाउँपालिका–२ कौवाघारीमा गोरुले हान्दा एक जना घाइते भएका छन ।

घाइते हुनेमा सोही ठाउँका ६२ वर्षीय खिमलाल पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।

बाटोमा हिँड्ने क्रममा पुनलाई सुन्दर नेपालीको गोरुले साँझ करिब ७ बजे अचानक हान्दा अण्डाकोष नजिक गहिरो चोट लागेको छ ।

घाइते पुनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङ ल्याइएको छ । घाइतेको अवस्था भने गम्भीर रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *