२०८२ असार ७ गते आइतवार

सिडीबाट लडेर दाङमा एक वृद्धाको मृत्यु


दाङ,बैशाख २९ । दाङमा सिडीबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१७ बगौसी निवासी ७० वर्षिय टिका श्रीसको आफ्नै घरको भर्‍याङबाट चिप्लेर लड्दा मृत्यु भएको हो ।

भर्‍याङबाट लडेकी श्रीसको टाउको र मुखमा चोट लागेको थियो ।

गम्भिर घाइते श्रीसको आइतबार दिउँसो राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *