२०८२ असार ७ गते आइतवार

स्कार्पियो दुर्घटनामा श्रीमान- श्रीमती मृत्यु


दाङ,वैशाख २९ । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१० तिमीलेमा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो दाङबाट कुलपूजा गर्न रुकुमपश्चिम आएर फर्कनेक्रममा लुम्बिनी प्रदेश ०२–००१ च ०१७७ नम्बरको स्कार्पियो दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार दुर्घटनामा परेर सानीभेरी गाउँपालिका–१० घरभई हाल दाङको तुल्सीपुरमा बस्दै आएका ५० वर्षीय नरबहादुर ओली र उनको श्रीमती ४४ वर्षीया लिला ओलीको मृत्यु भएको हो ।

प्रहरी नायव उपरीक्षक विष्टका अनुसार नरबहादुरको घटनास्थलमै र लीलाको उपचारको लागि चौरजहारी अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परेका अन्य दुई जना गम्भीर घाइते छन् ।

घाइते हुनेमा मृतक ओलीको माइती आमा ६० वर्षीया रुद्री ओली र चालक दाङको तुलसीपर उपमहानगरपालिका ७ बस्ने ४४ बर्षीय लिलामणी भण्डारी रहेको प्रहरीले जनाएको छ ।

घाइतेको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानका क्रममा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।

गाडी सडकबाट करिव पाँचसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *