२०८२ असार ७ गते आइतवार

तुलसीपुरका नरबहादुर वलीको जिप दुर्घटनामा परि घटनास्थलमै मृत्यु

थप ३ जना गम्भीर घाइते

दाङ, बैशाख २९ । दाङ तुलसीपरका एक जनाको रुकुम पश्चिमा सोमबार दिउँसो भएको जीप दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको छ ।


दाङको तुल्सीपुरका ५० वर्षीय नरबहादुर वलीको लु.प्र ०२–००१ च ०१७७ नम्बरको जिप दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको रुकुम पश्चिममा निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकले फरककोणलाई जानकारी दिए ।

दुर्घटनामा परि ४४ बर्षीया लिला वली, ५० बर्षीया दुर्गा वली र गाडी चालक तुलसीपुर – ७ का ४४ बर्षीय लिलामणि भण्डारी गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाको जिल्ला अस्पताल चौरजहारीमा उपचार जारी छ ।


आफन्तहरुका अनुसार एक जना मृतक नरबहादुरको श्रीमति र अर्की नाताले मृतककी माइली आमा हुन । उनीहरुको पुर्खेउली घर सानीभेरी गाउँपालिका – १० रहेको हुँदा उनीहरु दाङको तुलसीपुरबाट कुलपूजाका लागि त्यहाँ पुगेका थिए ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – १० अमालटाकुराको सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जीप दुर्घटनामा परेको थियो । जिप झन्डै पाँच सय मिटर तल खसेको पहरीले जानकारी दिएको छ । माथिल्लो बाटो बाट दुर्घटनामा परेको जिप तल्लो सडक खण्डमा पुगेको थियो ।

मृतक वली तुलसीपुरका – ५ का कपडा ब्यापारी हुन ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *