२०८२ असार ७ गते आइतवार

अन्तराष्ट्रिय स्तरको बुद्ध जयन्ती मनाउने छौं – प्रधानमन्त्री ओली

लुम्बिनी, बैशाख २९ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने बताएका छन् ।

लुम्बिनीमा आयोजित २५६९औं बुद्ध जयन्ती मूल समारोहको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना निर्माण भइसकेको बताए ।

गुरुयोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य रहेको बताए ।

‘झण्डै भारत र पाकिस्तान बीच हात हालाहालको स्थिति आएको थियो,’ उनले भने ‘हामीले संयमित हुन आग्रह गर्‍यौँ । बुद्धका शान्तिका सन्देशहरू अहिले पनि, जहिले पनि, जहाँ पनि सान्दर्भिक छन ।’

विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले बुद्धका उपदेश सबैलाई आत्मसात गर्न सबैले आवश्यक ठान्नुपर्ने बताए ।

बुद्धको सन्देश र उपदेशको विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएको भन्दै उनले बुद्ध दर्शन, बुद्धका सिद्धान्त र ऐतिहासिक महत्वका बारेमा खुलेर चर्चा हुनुपर्ने जोड दिए ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *