२०८२ कार्तिक २१ गते शुक्रवार

ब्यक्तिबाट बिमाको पैंशा उठाए, तर कम्पनीमा दाखिला गरेनन्

दाङ, बैशाख २९ । एक कम्पनीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले एक जना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हिमालयन लाइफ इन्सोरेन्स लिमिटेड उपशाखा कार्यालय होलेरी रोल्पाका सपोर्ट पदमा कार्यरत कर्मचारी हुन ।

सल्यान जिल्लाको शारदा नगरपालिका –४ घर भइ हाल दाङको घोराही उपमहानगरपालिका – १५ मा बस्दै आएका ३१ बर्षीय गणेश पहाडी पक्राउ परेको रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बिजय चापागाइले बताए ।

पहाडी उपशाखा कार्यालय होलेरीको सपोर्ट पदमा कार्यरत रहँदा बिभिन्न ब्यक्तिहरुले जम्मा गरेको १८ लाख ६७ हजार सात सय एक रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

बिमा बाफत बिभिन्न ५६ जना ब्यक्तिहरुको रकम बुझेपनि उनले कम्पनीको सफ्टवयरमा अध्याबधिक नगरी आँफुखुसी रकम हिनामिना गरेको आरोप छ ।


पहाडीलाई बैशाख २७ गते पक्राउ परेका थिए ।
पहाडीलाई दश दिन थुनामा राखेर घटना अनुसन्धान गर्न आइतबार जिल्ला अदालत रोल्पाले अनुमति प्रदान गरेको प्रहरी निरीक्षक चापागाइले जानकारी दिए ।


पहाडी माथि अपराधिक बिश्वास घात सम्बन्धि कसुरमा मुद्दा चलाउने गरि अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *