२०८२ कार्तिक २१ गते शुक्रवार

राप्ती साहित्य परिषद्को कार्यसमितिले पायो पूर्णता


दाङ, वैशाख २७ । राप्ती साहित्य परिषद्को केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । आज शनिबार बसेको बैठकले ११ सल्लाहकार तथा ६ सदस्य मनोनित गरेसँगै कार्यसमितिले पूर्णता पाएको हो ।


परिषद्का अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षतामा बसेको बैठकले परिषद्को विधान अनुसार ११ सदस्यीय सल्लाहकार र ६ जना सदस्य मनोनित गरेको छ ।


परिषद्का सल्लाहकारमा नारायणप्रसाद शर्मा, डा. अमर गिरी, पुरुषोत्तम खनाल, डा. टीकाराम उदासी, उत्तमकृष्ण मजगैंया, पद्मप्रसाद शर्मा, पूर्ण भण्डारी ‘पङ्कज’, डी.बी. टुहुरो, गिरीप्रसाद बुढा, देवेन्द्र कुमार रिजाल, कमानसिंह विष्टलाई चयन गरिएको छ ।


त्यस्तै परिषद्को सदस्यहरूमा छविलाल कोपिला, हरिप्रसाद पाण्डे, गोबिन्द खड्का, सुनिल पोख्रेल, गजेन्द्र बहकरी र केशवराज रिजाललाई मनोनित गरिएको महासचिव आदिम के.सी.ले जानकारी दिएक

प्रकाशित मिति : २०८२ बैशाख २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *