२०८२ बैशाख ३० गते सोमवार

बिभिन्न युवतीलाई बिबाहको प्रलोभनमा इण्डिया पुर्‍याएर फसाउने युवक पक्राउ

दाङ , बैशाख २६ । युवती संग प्रेम सम्बन्ध र बिबाहको नाटक गरि फसाउने र भारतमा पुर्‍याउने अछामका एक युवक पक्राउ पक्राउ परेका छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं. ४ का २३ बर्षीय मोहनबहादुर चन्द पक्राउ परेका हुन । उनी बिहीबार अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ५ लयाटीस्थित आफन्तको घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला परेका हुन ।


सामाजिक सञ्जाल मार्फत बिभिन्न प्रलोभनमा पारि बिवाहको नाटक गरि भारतमा पुर्‍याउने र त्यहाँ लगेर अलपत्र पार्ने तथा गलत कार्यमा लाग्न बाध्य पार्दै आएका थिए ।

बैतडीका चन्द छिमेकी देश भारतको असाममा बस्दै आएका थिए । उनले बिभिन्न युवती संग सामाजिक सञ्जालमार्फत सम्बन्ध गाँस्थे । आँफु अबिबाहित रहेको र बिहे गर्न चाहेको कुराले प्रलोभनमा पार्थे ।


उनले युवतीलाई भारतमा पुर्‍याउँथे । अछामकी परिवर्तित नाम ६९ मंगलसेन ६४ लाई गत कात्तिक २८ गते २८ गते उनले त्यस्तै प्रलोभनमा पारी भारत पुर्‍याएका थिए ।

उनी आँफै आइ बिहेको नाटक गरि भारत पुर्‍याएका थिए । त्यहाँ चार पाँच दिन संगै राखेर बलात्कार गरेपछि अन्य साथीहरुलाई पठाउँथे ।

त्यस्तै बीचमा परिवर्तित नाम ६९ मंगलसेन ६४ भागेर नेपाल आउन सफल भएकी थिइन । उनी नेपाल आएपछि चन्द बिरुद्ध गत माघ ४ गते चन्द बिरुद्ध मानव बेचबिखन तथा ओसार पसार, शरिर बन्धक र जवरजस्ती करणी मुद्दा दर्ता गरेकी थिइन ।


त्यसयता उनी फरार थिए । अछामका प्रहरी प्रमुख डिएसपी भण्डारीका अनुसार यो बीचमा चन्ले अर्की युवतीलाई फसाइ सकेका थिए । अर्की युवतीलाई बिहेको नाटक गरि भारतमा पुर्‍याइ त्यस्तै ब्यबहार गरेका थिए ।


उनै चन्दा फेरि नेपालमा अर्की केटी लिन भनेर आएको गोप्य सूचना पाएपछि पक्राउ गर्न सफल भएको प्रहरीले जानकारी दिएको छ ।
चन्दमाथि आवश्यक अनुसन्धान भइ रहेको डिएसपी भण्डारीले बताए ।

प्रकाशित मिति : २०८२ बैशाख २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *