दाङ, बैशाख २५ । बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिदा मृत्यु भएका आफन्तहरुले कुसुममा सडक बन्द गरेका छन ।
बुधबार बाँकेको राप्ती सोनारी गाउँपालिका – ९ कुसुममा बसको ठक्कर बाट स्थानीय ३२ बर्षीय सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको थियो । उनका आफन्तहरुले पीडित परिवारलाई उचित क्षतिपूर्तिकाे माग गर्दै बिहीबार कुसुममा सडक बन्द गरेका छन ।
सोही दुर्घटनामा मोटरसाइकल चालक कुसुमकै ३७ बर्षीय हिरासिंह वली गम्भीर घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पूर्व –पश्चिम राजमार्ग अन्तरगत बुधबार बिहान साढे ११ बजेतिर पुर्ब तर्फ जादै गरेको बागमती प्रदेश ०१–० ६ ख ३५९३ नम्बरको बसले एकै दिशा तर्फ गइ रहेको भे ९ प ६४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रत्यक्षदर्सीका अनुसार बसले मोटरसाइकललाई पछाडि बाट ठक्कर दिएको थियो । चालक र बस कुसुम प्रहरीको नियन्त्रणमा छन् । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।